नेत्रविक्रम चन्द समूहका भोजपुर सेक्रेटरी पक्राउ भोजपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्‍टलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ।  आज दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिएका छन्। प्रजिअ खतिवडाका अनुसार विष्‍टको साथबाट छ राउण्ड र चार राउण्ड गोली भरिएको इटालीयन अटोमेटिक पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेट एक थान बरामद गरिएको छ।  त्यस्तै मोबाइल र सीम, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि प्रहरीले फेला पारेको छ। प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको प्रजिअ खतिवडाले बताए।   विष्‍टको घर भोजपुरको टेम्केमैयुङ–५ खावामा पर्छ।       
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्