आठ जुवाडे पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद
काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल मालीगाँउमा रहेको एक होटलबाट आठ जना जुवाडे पक्राउ परेका छन्।

‘मालीगाँउ भिलेज होटल’ बाट चाँगुनारायण नगरपालिका वडा नम्बर-६ का ३९ वर्षीय राजु तामाङसहित ८ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

शनिबार साँझ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ परेको हो। उनीहरूको साथबाट नगद ३ लाख १३ हजार रूपैयाँ र १ बुक तास प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्