बन्दुकसहित एक युवक पक्राउ

काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिका-१२ सिन्कौलीबाट बन्दुकसहित एक जना पक्राउ परेका छन्।

स्थानीय वासिन्दा ३० वर्षका दलबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गर्दा उनका साथी ३२ वर्षे राजन कार्की भने फरार भएका छन्।

इलाका प्रहरी डकाहाको टोलीले २ थान एकनाले भरुवा बन्दुक बोकेर हिडिरहेका बुढाथोकी र कार्कीलाई पक्राउ गर्न खोजेको थियो। तर बुढाथोकी पक्राउ परे पनि राजन भने भाग्न भ्याएको प्रहरीले जनाएको छ।

बुढाथोकीविरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ। फरार रहेका कार्कीको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्