कोरोनाबाट थप ६ जना गैरआवासीय नेपालीको मृत्यु, साढे ४७ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं। कोरोना भाइरस संक्रमणको कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ। योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ पुगेको छ।

हालसम्म विभिन्न १९ मुलुकमा रहेका गैरआवासीय नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता जापान, बेलायत, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ।

शनिबार सााझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएका छन्। संक्रमित मध्ये हालसम्म ४३ हजार ५ सय ७४ जना संक्रमणमुक्त भएका छन्। कुल संक्रमितमध्ये ९१ प्रतिशत निको भइसकेका छन्।

नेपालभित्र हालसम्म २ लाख ३० हजार ७ सय २३ जनालाई कोरोना संक्रमण भएको छ। संक्रमितमध्ये २ लाख ११ हजार १ सय ८६ जना निको भइसकेका छन्। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२.५ प्रतिशत रहेको छ। नेपालभित्र रहेका संक्रमित मध्ये १ हजार ४५४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्