समान किनेर नक्कली नोट दिएपछि...
<p>काठमाडौं। कञ्चनपुरमा नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।</p>
<p>भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई एक हजार दरका तीन वटा नक्कली देखिने नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ। </p>
<p>भीमदत्त नगरपालिका–४ स्थित एक पसलबाट किनेको सामानको पैसा तिर्ने क्रममा दीपकले नक्कली नोट दिएका थिए। पसलेले शंकाको आधारमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई ती नोट सहित पक्राउ गरेको थियो।</p>
<p>नाथविरुद्ध प्रहरीले खोटा प्रचलन मुद्दा दर्ता गरी आइतबार (आज) देखि अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
