भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएको चार महिनापछि सार्वजनिक

काठमाडौं। भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएको घटना चार महिनापछि सार्वजनिक भएको छ।

पीडित परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

उजुरीमा उल्लेख भएको विवरण अनुसार ती बालिका गत साउन १८ गते बलात्कृत भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बलात्कार गरेको आरोपमा २० वर्षीय श्यामकृष्ण केसी पक्राउ परेको प्रहरीले जनाएको छ। केसी भीमेश्वर नगरपालिका वडा नम्बर–७ घर भई भक्तपुरको दुवाकोटामा बस्दै आएका थिए।

बालिका बलात्कार उजुरी परेपछि केसीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी कसूरमा आइतबार (आज) मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्