काठमाडौं। बितेको २४ घण्टामा उपत्यकामा ३४ सवारी दुर्घटना भएका छन्। ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा २१ जना घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाण्डौ महानगरपालिका-३१ दोभान पुलमा हिजो बेलुकी दुईओटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो।
शंखमुलबाट दोभानपुलतर्फ जादै गरेको बा. ३६ प ६५३१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्रदेश ३, ०२ ००६ प ८८०० नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे आपसमा ठोकिएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ घर भई काठमाडौं कोटेश्वर बस्ने २२ वर्षीय सुदिप तिमल्सिनाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाकालमा मृत्यु भएको हो।
घाइते भएका अर्का मोटरसाइकल चालक भारतीय नागरीक ३० वर्षीय सानु खानको सोही अस्पतालमा उपचार भइरहेको छ।
" /> काठमाडौं। बितेको २४ घण्टामा उपत्यकामा ३४ सवारी दुर्घटना भएका छन्। ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा २१ जना घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।काठमाण्डौ महानगरपालिका-३१ दोभान पुलमा हिजो बेलुकी दुईओटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो।

">