राँझा। बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन सुरू भएको छ।
कोरोना महामारीको त्रासका लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आजदेखि विद्यालय सुरू गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
उनका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन्। पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपाठन सुरू भएको छ। पछिल्लो समय नरैनापुरमा कोरोना सङ्क्रमण नदेखिए पनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने अध्यक्ष शाहले बताए।
गत कात्तिक २७ गतेको गाउँपालिका शिक्षा समितिको बैठक, मङ्सिर ८ गतेको कार्यपालिकाको बैठक र १२ गतेको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ मा उल्लेख भएका मापदण्डअनुसार आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताए।
प्रत्येक दिन कक्षा सुरू हुनुअगावै स्यानिटाइज गर्ने, प्रत्येक कक्षा कोठाहरूमा स्यानिटाइजरको व्यवस्था तथा अनिवार्य मास्क प्रयोगको प्रबन्ध मिलाइने शाहीले जानकारी दिए। प्रत्येक बेन्चमा दुई जना मात्रै विद्यार्थी बसाउने, एउटा कक्षामा १५ भन्दा बढी बेन्च नराख्ने, प्रत्येक विद्यालयमा एकजना नर्स खटाउने व्यवस्था मिलाइएको छ।
स्वास्थ्यकर्मी खटाउनेदेखि मास्क र स्यानिटाइजरको व्यवस्थासँगै समग्र स्वास्थ्य सुरक्षाका जिम्मेवारी स्वास्थ्य शाखालाई दिइएको गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिए।
बाँकेका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनको लागि तयारी गरिरहेका छन्। रासस
" /> राँझा। बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन सुरू भएको छ।कोरोना महामारीको त्रासका लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आजदेखि विद्यालय सुरू गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।

">