काठमाडौं। यो साताको महत्त्वपूर्ण र ठूलो आर्थिक समाचारमध्ये एक थियो– एलन मस्कको टेस्ला कम्पनी पाँच लाख करोड डलरको भयो। र, मस्क संसारकै दोस्रो धनी मानिस बने। यसअघि यो स्थानमा बिल गेट्स थिए।
इलेक्ट्रिक कार बनाउने यो कम्पनीप्रति लगानीकर्ताले अहिले के देखे, जुन एक वर्षअघि देखेका थिएनन्? २०२० को सुरुआतमा स्टक बजारमा टेस्लाको मूल्य ८० अर्ब डलर आँकिएको थियो, त्यसबेला पनि यस्तो बिजनेसका लागि त्यो मूल्य बढी भएको र त्यो उतिविधि नाफाजनक नभएको बताइन्थ्यो।
पूरा वर्ष उक्त कम्पनीको सेयर मूल्य बढ्दै गयो र पाँच करोड डलरभन्दा बढी हुन पुग्यो। समाचार थियो, एसएन्डपी ५०० इन्डेक्सले यसलाई अग्रणी कम्पनीहरुमा सामेल गर्ने छ।
टेस्लाको मूल्य अब टोयोटा, फक्सवागेन, ह्युन्डेई, जीएम र फोर्डभन्दा बढी हुन पुगेको छ। टेक टेन्टले यी कम्पनीहरुले गत वर्ष कुल मुनाफा ५० अर्ब डलर कमाएको बताएको छ। अहिले यीमध्ये केही कम्पनी कोरोना महामारीका कारण आर्थिक मारको सामना गरिरहेका छन्।
अवस्था प्रतिकूल हुँदाहुँदै पनि टेस्लाको यो वर्षको मुनाफा करिब एक अर्ब डलर पुग्ने छाँट देखिएको छ। कम्पनीले यदि यही गतिमा मुनाफा आर्जन गर्दै गयो भने लगानीकर्ताले निकट भविष्यमा ५० गुना नाफा पाउने सम्भावना छ।
जो व्यक्ति अहिले यो मूल्यमा स्टक खरिद गरिरहेको छ, तिनलाई विश्वास घएको छ कि, त्यो बढी मूल्यमा बेच्न सकिन्छ। स्टकको मूल्यांकन प्रायः बजारको मुडमा निर्भर गर्छ, कम्पनीको स्तरले मात्र त्यो चल्दैन।
टेस्लाका प्रशंसकहरु कम्पनीले अटो इन्डस्ट्रीमा नयाँ मोड ल्याएको बताउँछन्। यही कारण पनि यसको सेयरले छलाङ मार्न सकेको हो।
कतिपय सेयर विश्लेषक लगानीकर्ताले केही समय जुवा खेलिरहेको बताउँछन्। बजारको मुड प्रायः तर्कपूर्ण नहुने तिनको भनाइ छ। छोटो समयका लागि स्टक खरिद गर्न र बेचिहाल्न कुनै तर्क गरिरहनु नपर्ने विश्लेषकहरु बताउँछन्।
टेस्ला कम्पनीको स्टक मूल्य अहिले जसरी वृद्धि भएको छ, त्यसमा पनि तर्कले काम नगरेको देखिन्छ। यसको मूल्य अधिक राखिएको कतिपय बताउँछन्।
मे महिनामा एकजनाले ट्विट गर्दै भनेका थिए– टेस्लाको सेयरको मूल्य निकै बढी भयो। कसले भनेको थियो यो कुरा? उनै एलन मस्कले भनेका थिए। उनको भनाइपछि टेस्लाको मूल्यांकन १४ अर्ब डलरले घटेको थियो।
तर, अहिले सेयर मूल्य चार गुना बढको छ। कसले भन्न सक्छ भविष्यमा यो कतिसम्म पुग्छ?
(बीबीसीको सहयोगमा)
" /> काठमाडौं। यो साताको महत्त्वपूर्ण र ठूलो आर्थिक समाचारमध्ये एक थियो– एलन मस्कको टेस्ला कम्पनी पाँच लाख करोड डलरको भयो। र, मस्क संसारकै दोस्रो धनी मानिस बने। यसअघि यो स्थानमा बिल गेट्स थिए।इलेक्ट्रिक कार बनाउने यो कम्पनीप्रति लगानीकर्ताले अहिले के देखे, जुन एक वर्षअघि देखेका थिएनन्? २०२० को सुरुआतमा स्टक बजारमा टेस्लाको मूल्य ८० अर्ब डलर आँकिएको थियो, त्यसबेला पनि यस्तो बिजनेसका लागि त्यो मूल्य बढी भएको र त्यो उतिविधि नाफाजनक नभएको बताइन्थ्यो।

">