काठमाडौँ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलाल चोकमा रहेको एक होटलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।
नागरिक गेष्ट हाउसको कोठा नम्बर १०२ मा बस्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २२ वर्षीय सुनील बोहरालाई करिब १२ ग्राम ५ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले बोहरा बसेको कोठा शुक्रबार दिउँसो तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
" /> काठमाडौँ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलाल चोकमा रहेको एक होटलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।नागरिक गेष्ट हाउसको कोठा नम्बर १०२ मा बस्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २२ वर्षीय सुनील बोहरालाई करिब १२ ग्राम ५ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले बोहरा बसेको कोठा शुक्रबार दिउँसो तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
">