अवैधरूपमा भारततर्फ लैजाँदै गर्दा १२ लाख बराबरको अलैची बरामद <p>काठमाडौं। बारामा कागजात नभएको १२ लाख रूपैयाँ बराबरको अलैची प्रहरीले बरामद गरेको छ।</p> <p>जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया तीनकुने चोकबाट उक्त मूल्य बराबरको २६ बोरा अलैची शनिबार बिहान प्रहरीले बरामद गरेको हो।</p> <p>नारायणघाटबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको छतमा रहेको उक्त अलैची फेला पारी बरामद गरेको हो।</p> <p>अलैची ल्याउने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ।</p>
प्रतिक्रिया दिनुहोस्