काठमाडौं। नुवाकोटको विदुर नगरपालिका-८ पिडालबारी जंगलबाट बन्दुकसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङ, १७ वर्षीय र १५ वर्षीय किशोर रहेका छन्।
उनीहरू सबै जना नुवाकोटको मेघाङ गाउँपालिका-३ गोगनेका हुन्।
उनीहरूको साथबाट प्रहरीले दुई नाल भरूवा बन्दुक र बन्दुकमा लाग्ने १०० ग्राम बारूद शुक्रबार दिउँसो बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
प्रहरीले उनीहरूविरूद्ध हातहतियार खरखजना मुद्दा दर्ता गरी अनुसन्धान थाल्ने जनाएको छ।
" /> काठमाडौं। नुवाकोटको विदुर नगरपालिका-८ पिडालबारी जंगलबाट बन्दुकसहित चार जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङ, १७ वर्षीय र १५ वर्षीय किशोर रहेका छन्।

">