काठमाडौं। धार्मिक ज्ञानको स्रोतको रूपमा धर्मगुरूको भूमिका हुन्छ। जसलाई नैतिक आचारण र व्यवहारको पथप्रदर्शक पनि मानिन्छ।
त्यसैले त उनीहरू समाजमा पुज्यनीय हुन्छन्। उनीहरूलाई आदर, सत्कार र सम्मान गरिन्छ।
तर, पछिल्ला केही घटनाक्रमलाई हेर्ने हो भने सबै धर्मगुरू सम्मानयोग्य देखिँदैनन्। केही धर्मगुरूहरू बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका जघन्य अपराधमा मुछिएका छन्।
शुक्रबार मात्रै सर्वोच्च अदालतले हिन्दू धर्मगुरू ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास’ भनिने कृष्णबहादुर गिरीविरूद्धको बलात्कार (जबर्जस्ती करणी) सम्बन्धी मुद्दामा “कानुनबमोजिम गर्नू” भन्ने अन्तिम आदेश दिएको छ।
अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
यो आदेशसँगै गिरी कारागार चलान हुने भएका छन्।
गत वर्षको कात्तिक ४ गते सुनसरीको चतराधामस्थित आश्रममा मध्यरातमा बोलाएर आफ्नै एक महिला अनुयायीलाई बलात्कार गरेको भन्दै उनीमाथि बलात्कार मुद्दामा गत वर्षको मंसिर १६ गते प्रहरीकहाँ उजुरी दायर भएको थियो।
सुनसरी जिल्ला अदालतले तीन लाख धरौटीमा गत वर्षकै पुस १४ गते रिहा गर्न र मुद्दालाई पुर्पक्ष गर्न आदेश दियो। उक्त आदेश उच्च अदालत विराटनगरले बदर गर्यो।
गत वर्षको माघ ९ गते मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीले जिल्लाको आदेश बदर गर्दै सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
उक्त आदेशविरूद्ध सिद्धबाबा पक्षले सर्वोच्चमा निवेदन दिएका थिए। तर, सर्वोच्चले पनि उच्चको आदेशलाई सदर गरेपछि उनको कारागार बसाइ हुने निश्चित भएको छ।
हाल उनी भारतमा छन्। गत वर्षको माघमा भारत छिरेका उनी उतै छन्। प्रहरीले पक्राउ गरेको छैन।
यसरी बलात्कार आरोपमा मुछिएका धार्मिक गुरू उनी एक्ला होइनन्। जिल्ला प्रहरी कार्यालय सिरहाले एक जना मुस्लिम धर्मगुरूलाई पनि पक्राउ गरेको छ।
झारफुकको बहानामा २३ वर्षीया एक युवतीमाथि बलात्कार गरेको आरोपमा धर्मगुरू मौलवी (हरजत) मोहम्मद अली हसन पक्राउ परेका हुन्।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पञ्जियारका अनुसार प्रहरीले मौलवलाई अदालतमा उपस्थित गराइ बलात्कार (जबर्जस्ती करणी) सम्बन्धी मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको छ।
३५ वर्षीय उनी जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर १० महेशपुर गाउँका हुन्।
सामान्य बिरामी परेपछि झारफुकका लागि गत मंगलबार साँझ जाँदा ती युवती बलात्कृत भएको उजुरी प्रहरीमा आएको एसपी पञ्जियारले बताए। उनको डेरा लहानमा छ।
यी दुई जना धार्मिक गुरूलाई त बलात्कारको मात्रै आरोप लाग्यो।
बोधीश्रवण धर्म संघका रूपमा अगाडि बढाएका तपस्वी रामबहादुर बम्जन भने आफ्नै अनुयायीको बलात्कारसँगै हत्याको घटनामा मुछिएका छन्।
उनी नेपाल प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा छन्। दुई पटक प्रहरीले पक्राउ गर्न ‘सर्च अपरेसन’ नै चलायो। पहिलो पटक २०७६ माघ २४ गते र दोस्रो पटक गत असारको ४ गते बिहान ‘सर्च अपरेसन’ चलाएको हो। यद्यपि, उनी पक्राउ परेका छैनन्।
बम्जनले आश्रममै आफूमाथि बलात्कार गरेको ललितपुरमा पत्रकार सम्मेलन गरेर १८ वर्षीया गंगामाया तामाङले दुई वर्ष अगाडि आरोप लगाएकी थिइन्।
अनुयायीहरू फूलमाया रूम्बा, सञ्चलाल वाइबा, चिनिमायाँ तामाङ र सुरेशकुमार आलेलाई बेपत्ता बनाएको आरोप पनि उनीमाथि छ।
उनलाई पक्राउ गर्न २०७६ माघ २३ गते जिल्ला अदालत सर्लाहीले प्रहरीलाई अनुमति प्रदान गरेको थियो। प्रहरीले नौं महिनाको अवधिमा पनि बम्जनलाई पक्राउ गर्न सकेन।
यसपछि गत कात्तिक २४ गते इलाका प्रहरी कार्यालय निजगढ बाराले निजगढ–१२ मा रहेको उनको पुरानो घरमा पुगेर “जिल्ला अदालत सर्लाहीमा उपस्थित हुन जानू” भन्दै सूचना टाँसेको छ।
चालु आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्म ७२२ जना बलात्कृत भएका छन्। त्यसमध्ये केही धार्मिक गुरूदेखि धामीझाँक्रीबाट बलात्कृत भएका हुन्।
जिल्ला अदालत सर्लाहीका अनुसार उनी हालसम्म अदालतमा उपस्थित भएका छैनन्।
‘दैवीशक्ति प्राप्त’ दाबी गर्ने तर आफैं नैतिक आचरण र व्यवहार नअंगाल्ने यी धार्मिक गुरूहरू आपराधिक गतिविधिमा मुछिनुले धार्मिक क्षेत्रमा पनि कस्ता मानिसहरू छन् भन्ने सामान्यत: अनुमान गर्न सकिन्छ।
उनीहरूका अतिरिक्त, गत वर्षको पुस २८ मा ललितपुरमा क्रिस्चियन धर्मगुरू (पास्टर) ध्रुबबाबु जोशी बलात्कार आरोपमा कुसुन्तीबाट पक्राउ परे। उनी हाल कारागारमा छन्।
खुट्टा काम्ने रोगबाट पीडित एक महिलालाई “तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ, म प्रार्थना बस्दा परमेश्वरले मलाई त्यस्तै भन्नुभएको छ, त्यसैले तिमीले मलाई शारीरिक सम्पर्क गर्नुपर्छ, तिमीले गरेको पाप नष्ट भएर जान्छ र त्यसपछि तिमी निको हुन्छौं” भन्दै बलात्कार गरेको आरोप लाग्यो। पास्टर जोशी ललितपुरको मण्डली चर्चसँग आबद्ध थिए।
यी त प्रतिनिधिमुलक घटना भए। धामीझाँक्री पनि बलात्कार आरोपमा पक्राउ पर्ने गरेका छन्। यसले धार्मिक आवरणमा बलात्कारजस्ता जघन्य प्रकृतिको घटनामा संलग्न व्यक्तिहरू बढ्दै गएको देखाएको छ।
सरकारले प्रत्येक वर्ष महिला हिंसाविरूद्धको १६ दिने अभियानमार्फत सचेतना दिलाउँदै आएको छ। तर, महिला, बालिकादेखि वृद्धासम्म बलात्कृत भएका घट्ना झन् बढेका छन्।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ८३१ जना बलात्कृत भएको तथ्यांक छ।

“बोलाउँदा धर्मगुरू सुत्ने कोठामा पनि जाने, जे-जे गर भन्यो त्यसै गर्दा बलात्कारका घटना भएको हुन सक्छ, कम्तीमा त्यस्तो संकेत पाएपछि त आफैं पनि सचेत हुनुपर्छ।”
नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी धर्मको नाममा केही व्यक्ति सम्पत्ति कमाउन त केही आपराधिक गतिविधिमा सक्रिय भएको पाइएको बताउँछन्।
यसले असली धर्मगुरूहरूलाई समेत अप्ठ्यारोमा पारेको उनको बुझाइ छ। “धर्मगुरूहरू धार्मिक ज्ञानका स्रोत हुन् र उनीहरूबाट नैतिक आचारण व्यवहार पनि हुँदै आएको छ,” उनले देखापढीसँग भने, “केही चाहिँ धर्मको नाममा पैसा कमाउनेदेखि आपराधिक गतिविधिमा देख्छु।”
उनले धर्मगुरूहरूबाट हुने बलात्कारका घटनामा पीडितको पनि आंशिक कमजोरी रहेको औंल्याएका छन्।
“बोलाउँदा धर्मगुरू सुत्ने कोठामा पनि जाने, जे-जे गर भन्यो त्यसै गर्दा बलात्कारका घटना भएको हुन सक्छ, कम्तीमा त्यस्तो संकेत पाएपछि त आफैं पनि सचेत हुनुपर्छ,” डीआईजी मल्लले भने।
बलात्कारमा संलग्नहरूको सङ्ख्या हेर्दा अधिकांश बलात्कारको घटनामा घरपरिवारका सदस्यदेखि आफन्त र चिनेजानेका मानिसहरू बढी छन्।
" /> काठमाडौं। धार्मिक ज्ञानको स्रोतको रूपमा धर्मगुरूको भूमिका हुन्छ। जसलाई नैतिक आचारण र व्यवहारको पथप्रदर्शक पनि मानिन्छ।त्यसैले त उनीहरू समाजमा पुज्यनीय हुन्छन्। उनीहरूलाई आदर, सत्कार र सम्मान गरिन्छ।

">