सडक विस्तार गर्दा खसेको ढुङ्गाले लाग्दा एकजनाको मृत्यु
<p style="text-align: justify;">गुल्मी। धुर्कोट गाउँपालिका-३ हाडहाडेस्थित ढुङ्गा खसेर लाग्दा सोही ठाउँ बस्ने ३५ वर्षीया श्याम कुमारी मुखियाको शुक्रबार घटनास्थलमै मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">सोही ठाउँमा लु.१ क १३०३ नम्बरको जेसिबीले सडक बिस्तार गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा उनको मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
