काठमाडौं। सर्वोच्च अदालतले हिन्दू धर्मगुरू ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भनिने कृष्णबहादुर गिरीविरूद्धको मुद्दामा अन्तिम आदेश दिएको छ।
आदेशमा “कानुन बमोजिम गर्नू” भनिएको छ। उनीविरूद्ध बलात्कार (जबर्जस्ती करणी) सम्बन्धी मुद्दा सर्वोच्चमा गत कात्तिक १९ गते दर्ता भएको थियो। परिवर्तित नाम ‘परिसर २७/२०७६/७७’ ले मुद्दा दर्ता गराएकी हुन्।
न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार मुद्दाको सुनुवाई गर्दै कानुन बमोजिम गर्नू भन्ने आदेश दिएको हो।
मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद-१८ को करणीसम्बन्धी महलमा बलात्कृत भएकी महिलाको उमेर १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेर भएमा ७ देखि १० वर्षसम्म कैद सजायको प्रावधान छ।
अब बलात्कार मुद्दामा अदालतबाट दोषी ठहरिएका ‘सिद्धबाबा’लाई कति वर्ष कैद सजाय हुन्छ? आदेशको पूर्णपाठ आएपछि थाहा हुने छ।
गत वर्षको कात्तिक ४ गते सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा मध्यरातमा बोलाएर एक जना महिला अनुयायीलाई बलात्कार गरेको भनिएका मुद्दाको उनी प्रतिवादी हुन्।
उनीविरूद्ध गत वर्ष मङ्सिर १६ गते प्रहरीमा बलात्कृत भनिएकी महिलाले किटानी जोहरी दिएकी थिइन्। जाहेरीपछि सोही दिन विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ परेका थिए। तर, उनी बिरामी परेको भनियो। प्रहरीले नर्सिङ होमबाट नै उनको बयान लियो।
सुनसरी जिल्ला अदालतले गत वर्षको पुस १४ गते सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गरी मुद्दालाई पुर्पक्ष गर्न आदेश दिएको थियो।
अदालतको उक्त आदेशप्रति असन्तुष्ट हुँदै पीडित महिला मुद्दाको पुनरावेदन गर्न उच्च अदालत विराटनगर पुगेकी थिइन्।
उच्चको आदेशप्रति पनि असन्तुष्टि जनाउँदै पीडित महिला सर्वोच्चसम्म आइपुगेकी हुन्।
" /> काठमाडौं। सर्वोच्च अदालतले हिन्दू धर्मगुरू ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भनिने कृष्णबहादुर गिरीविरूद्धको मुद्दामा अन्तिम आदेश दिएको छ।आदेशमा “कानुन बमोजिम गर्नू” भनिएको छ। उनीविरूद्ध बलात्कार (जबर्जस्ती करणी) सम्बन्धी मुद्दा सर्वोच्चमा गत कात्तिक १९ गते दर्ता भएको थियो। परिवर्तित नाम ‘परिसर २७/२०७६/७७’ ले मुद्दा दर्ता गराएकी हुन्।

">