काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १० लाख रूपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण हेटौंडा-भरतपुर-बर्दघाट २२० केभीए प्रसारणलाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग १० लाख रूपैयाँ बिगो दाबी गरिएको छ।
जैसवालले निर्माणाधीन प्रसारणलाइनभित्र पर्ने रूखहरू कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो।
अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जैसवाललाई केही दिनअघि सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा जैसवालले उक्त आयोजनाबाट विभिन्न मितिमा प्रकाशित सूचना अनुसार प्रसारणलाइन भित्र पर्न गएका रूखहरू कटान गरी ढुवानी तथा घाटगद्दी गर्ने कार्य गरेबापतको रकम भुक्तानी माग गर्दा घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १० लाख रूपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण हेटौंडा-भरतपुर-बर्दघाट २२० केभीए प्रसारणलाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आज विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग १० लाख रूपैयाँ बिगो दाबी गरिएको छ।

">