काठमाडौँ। सिराहा, काभ्रे, मोरङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
सिराहा नगरपालिका–१० पदमपुरचोकस्थित सडकमा ना.५ ख ५५१८ नम्बरको बसले प्रदेश २–०१–००१ प १२५९ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–११ बलुवाही बस्ने २६ वर्षीय देवनारायण कामती सहित २ जनाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका दुवैजनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काभ्रेको भुम्लु गाउँपालिका–८ बन्देउस्थित सडकमा बा ४ ख १४०० नम्बरको टिपर ब्याक गर्ने क्रममा सडकबाट करिब ५ सय मिटर तल ईन्द्रावती नदीमा खसेर बिहीबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा टिपर चालक चौरीदेउराली गाउँपालिका–३ माझीफेदा बस्ने ३० वर्षीय उत्तम तामाङ रहेका छन्। दुर्घटनामा घाइते भएका उनलाई धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित सडकमा लु १ ज ३१५२ नम्बरको कार अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गुल्मी मदाने गाउँपालिका–६ बस्ने ७ वर्षीय बालक करन थापाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौँ। सिराहा, काभ्रे, मोरङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।सिराहा नगरपालिका–१० पदमपुरचोकस्थित सडकमा ना.५ ख ५५१८ नम्बरको बसले प्रदेश २–०१–००१ प १२५९ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–११ बलुवाही बस्ने २६ वर्षीय देवनारायण कामती सहित २ जनाको मृत्यु भएको हो।

">