काठमाडौँ। काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १५० ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेटसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा झापा कचनकवल गाउँपालिका–३ ठेगाना भएका २४ वर्षीय सुजन तामाङ र काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–४ का २२ वर्षीय आशुतोष मोक्तान रहेका छन्।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रदेश ०२–०१८ प ४०४२ नम्बरको मोटरसाइललाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तामाङ र मोटरसाइकलमा सवार मोक्तानलाई पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानरगपालिका–६ अङधाराचोकस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध ७ सय ५ ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेटसहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ का २७ वर्षीय दिवाकार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा उक्त ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।
" /> काठमाडौँ। काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १५० ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेटसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा झापा कचनकवल गाउँपालिका–३ ठेगाना भएका २४ वर्षीय सुजन तामाङ र काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–४ का २२ वर्षीय आशुतोष मोक्तान रहेका छन्।

">