रोल्पा। मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रोल्पा गंगादेव गाउँपालिका-४ डलसिङगे बस्ने ३४ वर्षीय कृष्ण वलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
सल्यान बागचौर नगरपालिका-१२ दर्गामा गत कात्तिक २० गते रा ३ प ३२७२ नम्बरको मोटरसाइकलमा तोडफोड एवं आगजनी गरी कृष्ण फरार रहेका थिए।
खोजी गर्ने क्रममा प्रहरीले कृष्णलाई रूकुमपूर्व उत्तरगंगा गाउँपालिका-१० तक्सेराबाट पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।