महोत्तरी। आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको आरोपमा उनका भतिजा मनराशिश्वा नगरपालिका–१ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
घरायसी वादविवादको कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। स्वास्थ्य चौकी मनरामा सामान्य उपचार पश्चात घरमा आई बसेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> महोत्तरी। आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको आरोपमा उनका भतिजा मनराशिश्वा नगरपालिका–१ मनरा बस्ने ४० वर्षीय बिनोद मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।घरायसी वादविवादको कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। स्वास्थ्य चौकी मनरामा सामान्य उपचार पश्चात घरमा आई बसेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
">