काठमाडौं। संसारभरका सत्तासीनहरु कुर्सीमै बसेर जब निर्वाचन लड्छन् र पराजित हुन्छन्, उनीहरुको थेगो एउटै हुन्छ– चुनावमा धाँधली भयो क्या! स्वच्छ निर्वाचन हुँदो हो त आफू जित्ने तिनको दाबी हुन्छ।
संसारको ध्यान आफूतिर तानेको अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकनका तर्फबाट उम्मेदवार बनेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिद्वन्द्वी डेमाेक्रेटिकका जो बाइडेनसँच चुनाव हारेपछि सोही थेगोको सहारा लिएका छन्।
अमेरिकामा नोभेम्बर ३ तारिखका दिन निर्वाचन सम्पन्न भयो। त्यसको भोलिपल्टै अर्थात् बुधबार ४ तारिख नतिजा आउने अपेक्षा गरिएको थियो। निर्वाचनको स्पष्ट रुझान बुझ्न पनि शनिबारसम्म कुर्नुपर्यो। शनिबार ७ तारिखमा ट्रम्पको हारको दृश्य स्पष्ट भइसकेको थियो।
घरजग्गा व्यवसायमा उच्च सफलता पाउँदै आएका ट्रम्पका कतिपय बोली, टिप्पणी र कार्यशैलीका कारण उनको लोकप्रियता क्रमशः ओरालो लाग्दै थियो। तुलनात्मकरूपमा शालीन प्रतिद्वन्द्वी बाइडेनको लोकप्रियता चुनावअधि नै उकालो चढिरहेको थियो। अमेरिकी जनताले तिनै बाइेडनलाई मन पराए। तर, जनमत स्वीकार्न अहिले पनि ट्रम्पलाई गाह्रो परिरहेको छ।
बिहीबार ट्रम्पले पत्रकारहरूमाझै हार स्वीकार्न मानेनन्। उनले पुनः धाँधली शब्द दोहोर्याए। हार स्वीकार्न आफूलाई निकै ‘कठिन’ भएको बताए। चतुर खेलाडी ट्रम्पले चुनावअघि नै धाँधली नभएका खण्डमा आफूले जित्ने जिकिर गरेका थिए।
अमेरिकामा राष्ट्रपति चुन्न अपनाइने पद्धति इलेक्टोरल कलेजमा बाइडेनलाई अहिलेसमम ३०६ मत प्राप्त भइसकेको छ। ट्रम्पले यस्तो मत केवल २३२ पाएका छन्। जितका निम्ति २७० मत आवश्यक पर्छ। कुल मतमा पनि बाइडेनले ट्रम्पको भन्दा ६० लाख बढी पाएका छन्।
इलेक्टोरल कलेजको मतको अन्तिम फैसला गर्न आगामी महिना बैठक बस्ने छ। डिसेम्बर १४ का दिन अमेरिकी इलेक्टोरल कलेजले बाइडेनका जितको घोषणा गर्ने छ। जितको पुष्टिपछि जनवरी (२०२१) २० तारिखका दिन बाइडेन ह्वाइट हाउस प्रवेश गर्ने छन् र आगामी ४ वर्षका लागि राष्ट्रपति पदको शपथ लिने छन्।
राष्ट्रपति ट्रम्प र उनक समर्थकले चुनावका सन्दर्भमा थुप्रै मुद्दासमेत दर्ता गराएका थिए। तर, तीमध्ये अधिकांश मुद्दा खारेज भइसकेका छन्।
पत्रकारले बिहीबार ट्रम्पलाई सोधेका थिए- यदि डिसेम्बर १४ मा इलेक्टोरल कलेजको मतमा तपाईं हार्नुभयो भने ह्वाइट हाउस छाड्नुहुन्छ? ‘‘निश्चित रुपमा म त्यो गर्ने छु, तपाईंहरुलाई थाहै छ नि,’’ उनले जवाफमा भनेका थिए। तर, ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनले चुनावमा गल्ती गरेको आरोप लगाउन भने छुटाएनन्।
अमेरिकामा इलेक्टोरल पद्धतिअनुसार मतदाताले सीधै राष्ट्रपति चुन्दैनन्। मतदाताले राष्ट्रपति चुन्ने अधिकार पाएका ५३८ उम्मेदवारका लागि मत दिन्छन्। यस्ता मतादाताको संख्या आवादीको आधारमा अलगअलग तोकिएको हुन्छ।
इलेक्टोरल मतको औसतता पनि लगभग उस्तै हुन्छ, जसले सम्बद्ध राज्यबाट बढी मत पाएको छ उसैले जित्छ। कहिलेकाहीँ जनमतलाई बेवास्ता गर्ने इलेक्टोरल मतदाता पनि देखिन सक्छन्। तर, यस्तो अवस्था विरलै आउँछ।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। संसारभरका सत्तासीनहरु कुर्सीमै बसेर जब निर्वाचन लड्छन् र पराजित हुन्छन्, उनीहरुको थेगो एउटै हुन्छ– चुनावमा धाँधली भयो क्या! स्वच्छ निर्वाचन हुँदो हो त आफू जित्ने तिनको दाबी हुन्छ।संसारको ध्यान आफूतिर तानेको अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकनका तर्फबाट उम्मेदवार बनेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिद्वन्द्वी डेमाेक्रेटिकका जो बाइडेनसँच चुनाव हारेपछि सोही थेगोको सहारा लिएका छन्।

">