काठमाडौं। पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम भोलिदेखि सुधार हुँदै जाने भएको छ। आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले भोलिदेखि देशभर मौसम सफा हुनेछ।
उक्त प्रणाली पश्चिम भू-भागबाट बाहिरिने क्रम सुरू भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ। हाल प्रदेश १ र २, वागमती र गण्डकीका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रदेश १ र २, वागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ।