काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर-४ को हुलमा जीप दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ।
सो दुर्घटनामा तीनजना घाइते भएका छन्।
लु. १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा मृत्यु हुनेहरूमा सोही ठाउँका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका वडा नम्बर-५ का ८० वर्षीया सुन्दरी थापा छन्।
सहचालक २५ वर्षीय कमल हितान, हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी घाइते भएको प्रहरीले बताएको छ।
उक्त जीप इस्मादेखि तम्घासतर्फ जाँदै गर्दा आज बिहान दुर्घटनामा परेको हो। ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ।
" /> काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर-४ को हुलमा जीप दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ।लु. १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा मृत्यु हुनेहरूमा सोही ठाउँका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका वडा नम्बर-५ का ८० वर्षीया सुन्दरी थापा छन्।

">