बैतडी। पेन्सन बुझ्नका लागि भारतको झुलाघाट पुगेका नागरिक समस्यामा परेका छन्।
एकैदिन धेरैजना पेन्सन बुझ्नका लागि भारत पुगेपछि व्यवस्थापनमै गाह्रो भएको उनीहरूले बताएका छन्।
लामो समयदेखि पेन्सन बुझ्न नपाएका धेरै नागरिक एकैदिन जाँदा समस्या भएको बैतडीको डिलाशैनीका सुरेश श्रेष्ठले जानकारी दिए।
कतिजनालाई जान दिने भन्ने खालको व्यवस्था नहुँदा झुलाघाट पुगेका वृद्धवृद्धा समस्यामा परेका उनले बताए।
पेन्सनधारी धेरैजसो झुलाघाटमा अलपत्र परेका छन्। खान बस्नको ठेगान छैन, व्यवस्थित हिसाबले नाकाबाट पठाउन नसक्दा समस्या भएको छ।
उनले भने, “नाका खोलेर कतिजनासम्म एक दिनमा पठाउने भन्ने व्यवस्था नहुँदा समस्या भएको छ। पेन्सनधारीलाई पारि खान र बस्नको समेत समस्या भएको छ।”
पेन्सनधारी धेरै नागरिक झुलाघाट पुगेकाले आफूहरूलाई निकै समस्या भएको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्तले बताए।
उनले भने, “घण्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउने समस्या छ।”
पेन्सनधारीका लागि नाका खुले पनि नाकामा व्यवस्थित आवतजावत गर्न नसक्दा समस्या भएको भारतीय नागरिक शङ्कर खडायतले बताए।
उनले भने, “पाँच दिनका लागि नाका खुलेको छ। धेरै मानिस एकैदिन आएका छन्। व्यवस्थित हिसाबले पठाउन नसक्दा समस्या भएको छ।”
सीमावर्ती भारतीय बजार झुलाघाट र नेपाली बजार झुलाघाटमा पेन्सनधारीको भीड लागेको श्रेष्ठले बताए।
उनले भने, “बैंकले समेत नेपालमा नचल्ने झुत्रा नोट पेन्सनधारीलाई दिएको छ।”
पेन्सनधारीका समस्या समाधानका लागि सोमबारदेखि झुलाघाट नाका पाँच दिनका लागि खुलेको छ।
नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुलेको हो। नाका आजसम्म खुला रहनेछ।
बैतडीमा एक हजार २०० भारतीय पेन्सनधारी नेपाली नागरिक छन्। उनीहरूले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्। उनीहरूले भारतीय बैंकमार्फत् आफ्नो पेन्सनबापतको रकम बुझ्ने गर्दछन्। रासस
" /> बैतडी। पेन्सन बुझ्नका लागि भारतको झुलाघाट पुगेका नागरिक समस्यामा परेका छन्।एकैदिन धेरैजना पेन्सन बुझ्नका लागि भारत पुगेपछि व्यवस्थापनमै गाह्रो भएको उनीहरूले बताएका छन्।

">