गाईघाट। जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा एक किशोरलाई तीन महिनाको जेल सजायसहित १० हजार जरिवाना गर्ने फैसला गरेको छ।
सजाय पाउने व्यक्ति लिम्चुङबुङ गाउँपालिका-२ ताम्लीछाका १८ वर्षीय अभिषेक खत्री रहेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले बताए।
खत्रीले गत वैशाख ३० गते स्थानीय १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका थिए। पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि खत्रीलाई जेठ ८ गते पक्राउ गरेर अनुसन्धान सुरू गरिएको थियो।
थुनछेक बहसमा खत्रीलाई धरौटीमा छाडिएको थियो। हिजो जिल्ला न्यायाधीश दीपक खनालको इजालासले खत्रीलाई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गरेका हुन्। रासस
" /> गाईघाट। जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा एक किशोरलाई तीन महिनाको जेल सजायसहित १० हजार जरिवाना गर्ने फैसला गरेको छ।सजाय पाउने व्यक्ति लिम्चुङबुङ गाउँपालिका-२ ताम्लीछाका १८ वर्षीय अभिषेक खत्री रहेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले बताए।

">