लहान। सिराहा-चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका-१० पदमपुरमा आज साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
सिराहाबाट चोहर्वातर्फ जाँदै गरेको ना ५ ख ५५१८ नंको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिराहा नगरपालिका– ११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई उपचारका लागि सिराहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
रासस
" /> लहान। सिराहा-चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका-१० पदमपुरमा आज साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।सिराहाबाट चोहर्वातर्फ जाँदै गरेको ना ५ ख ५५१८ नंको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिराहा नगरपालिका– ११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

">