झापामा ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। झापाको कन्काई नगरपालिका–८ शीतल चोकमा ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार राईको बुधबार राति मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">ठक्कर दिने ग १ ख ४५६३ नम्बरको ट्रक र चालक फरार छन्। प्रहरीले ट्रक र चालक खोजिरहेको जनाएको छ।<br />
</p>