काठमाडौं । नवलपरासीमा १७ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन्।
मध्यविन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारूको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सुरेश महतोसहित १७ जनालाई गएराति पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको साथबाट प्रहरीले ४८ हजार २७० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनीहरूविरुद्ध जुवातास ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।