काठमाडौं । ६ वर्षीया बालिका गुलाप्सा साह खातुनको हत्यापछि उनका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्ने सुइँको महोत्तरीको सुरक्षा निकायले सोमबार नै पाएको थियो।
बर्दिवास क्षेत्रमा मंगलबार १० बजेपछि प्रदर्शन भयो। प्रदर्शनको क्रममा विध्वंस मात्रै होइन, हिंसा भड्किने सम्भावना पनि उत्तिकै हुन्छ। बर्दिवासको प्रदर्शनमा दुवै भयो।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालका अनुसार एकातिर मृतक बालिकाको शव खोसेर लान खोज्नु र अर्कातिर प्रहरी बिटमै आगजनी गरेपछि स्थिति तनावग्रस्त भएको हो।
तर, प्रदर्शन नियन्त्रण गर्न खटिएको सुरक्षाकर्मीको जनशक्ति कम थियो। त्यही भएर नियन्त्रण गर्न निक्कै सकस पर्यो।
प्रदर्शनकारीहरूले कम सङ्ख्यामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुङ्गा प्रहार गरे। प्रदर्शन नियन्त्रणमा खटिएका एक प्रहरी अधिकृतका अनुसार प्रहरीले सुरूमा स्थिति नियन्त्रणको प्रयास स्वरूप प्रदर्शन नगर्न सम्झाइ-बुझाइ गरेको, अश्रुग्याँस प्रहार गरेको र त्यसपछि रबरको गोली प्रहार गर्यो। झन प्रदर्शन उग्र भयो।
प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गाले धेरै प्रहरी घाइते भए। सँगै सुरक्षाकर्मीहरूको नेतृत्व गरेका जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट पनि घाइते भए। उनीसहित १२ नेपाल प्रहरी र तीनजना सशस्त्र प्रहरी पनि घाइते भए।
जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कट्वाल भन्छन्, “स्थिति नियन्त्रण बाहिर जान खोजेपछि प्रहरीले हवाइ फायर गरेको हो।” त्यतिबेला प्रहरीले घुँडामुनि गोली प्रहार गरेको उनले बताए।
प्रहरीको गोली प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भए। उनीहरू ४० वर्षीय सञ्जय भनिने ‘बुद्धिराज न्यौपाने’, श्याम कार्की र अख्तर आलम हुन्। न्यौपाने र कार्की भने गम्भीर घाइते भए। आलम चाहि सामान्य।
अन्ततः बुधबार (हिजो) बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा न्यौपानेको भने मृत्यु भएको छ।
सुरक्षा समिति संयोजक तथा प्रजिअ कट्वालले प्रहरीले घुँडामुनि गोली प्रहार गरेको भनेपनि त्यस्तो देखिएन। मृतक न्यौपानेको घुँडादेखिमाथि दुबै तिघ्रामा गोली लाग्यो।
प्रदर्शनको क्रममा प्रर्दशनकारीलाई घाइते बनाएर नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गर्न सकिने कानुनी व्यवस्था छ।
घुँडामुनि गोली लागेको अवस्थामा ज्यान गुमाउन सक्ने सम्भावना न्यून हुने ठानिन्छ। तर, प्रहरीले न्यौपानेको तिघ्रामा र कार्कीको भने घाँटीमै गोली प्रहार गर्यो।
यसअघि गत भदौ १० गते झापाको झापा गाउँपालिका-३ पटुवामारीमा सशस्त्र प्रहरीको गोली लागेर ३५ वर्षीय मोहमद शरिफको मृत्यु भयो।
गोरूको मासु र मासु काट्दै गरेका दुईजनालाई नियन्त्रणमा लिएपछि आक्रोशित बन्न पुगेको स्थानीयले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट टाघनडुब्बाको भ्यान तोडफोड गरी केही सशस्त्र प्रहरीलाई घाइते बनाएपछि १० राउण्ड हवाइ फायर गरेको सशस्त्र प्रहरीले बताएको थियो जनाइएको थियो। सो क्रममा मोहमदको घुँडाभन्दा माथि नै गोली लागेको थियो।
त्यसअघि गत वर्षको असार १८ गते धनुषाको जनकपुरधाममा प्रहरीको गोली लागेर सर्लाहीका सरोजनारायण सिंहको मृत्यु भयो।
बाँके खोलाको भंगालोमा परी १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गरी प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोलीले लागेर सरोजको घटनास्थलमै मृत्यु भएको हो।
घुँडामाथि नै गोली लागेका उनको पनि घटनास्थलमै मृत्यु भयो।
नेपाल प्रहरीका एकजना भूतपूर्व डीआइजीका अनुसार तनावग्रस्त स्थितिमा आफ्नो ज्यान पनि जोगाउनु पर्ने प्रहरीले प्रदर्शनकारीको घुँडादेखि तल मात्रै हेरी बस्दैन। र, केही माथिल्लो भागमा गोली हान्न सक्छ।
“स्थिति तनावग्रस्त हुँदा प्रहरीको आफ्नै ज्यान पनि जोखिममा पर्छ”, उनले भने, “फेरि, स्थितिलाई नियन्त्रणमा लिनु पर्छ र त्यही भएर कहिलेकाहीँ घुँडादेखिमाथि गोली लाग्न सक्छ।”
बर्दिवासमा प्रदर्शन हिंसात्मक बन्नुको पछाडि सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको अपुष्ट खबर मुख्य कारक रहेको प्रजिअ कट्वालको दावी छ। तर, घटना प्रकृति हेर्दा कम सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्दा निम्तिएको दुर्घटना भएको सहजै आंकलन गर्न सकिन्छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायत बर्दिवास घटनामा प्रहरीले बल प्रयोगको सिद्धान्त अधिकतम प्रयोग भएको बताउँछन्। त्यसै गोली प्रहार नगरिएको उनको भनाइ छ।
“त्यहाँको घटनाक्रमलाई हेरौं न, पहिले प्रदर्शनकारीहरूले पीडकको घर जलाइ दिएका छन्, त्यसपछि मृतक बालिकाको शव उठाउन दिइएन, पूर्व-पश्चिम राजमार्ग बन्द गरे”, उनले देखापढीसँग भने, “प्रहरीले पटक-पटक सम्झाइ-बुझाइ गर्यो, त्यसपछि चेतावनी दिँदै अश्रुग्याँस प्रहार गर्यो, त्यसो गर्दा स्थिति सामान्य नभएपछि रबरको गोली प्रहार गरेको देखिन्छ, फेरि, त्यति गर्दा पनि भएपछि घुँडामुनि गोली हानेको हो।”
गत आइतबार बर्दिवास नगरपालिका-१४ सुगम बस्तीकी गुलाप्सा साह खातुनको हत्या भएको थियो। हत्या आरोपमा सोमबार प्रहरीले सोही ठाउँमा दोकान गरी बस्ने जिल्लाकै गौशला नगरपालिका-५ जिरो माइलका २६ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेको छ।
" /> काठमाडौं । ६ वर्षीया बालिका गुलाप्सा साह खातुनको हत्यापछि उनका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्ने सुइँको महोत्तरीको सुरक्षा निकायले सोमबार नै पाएको थियो।बर्दिवास क्षेत्रमा मंगलबार १० बजेपछि प्रदर्शन भयो। प्रदर्शनको क्रममा विध्वंस मात्रै होइन, हिंसा भड्किने सम्भावना पनि उत्तिकै हुन्छ। बर्दिवासको प्रदर्शनमा दुवै भयो।

">