काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन केही समयदेखि चर्चामा छिन्। बीबीसीले संसारका सय प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा उनको नाम पनि समावेश गरेपछि उनी अहिले चर्चाको शिखरमा छिन्।
अनाथालयमा पढेको र त्यहीँ हुर्केकी एक गरीब मरिन देशको प्रधानमन्त्री पदमा पुगेको हुनाले उनको चर्चा चुलिएको हो।
मरिनले कहिल्यै सोचेकी थिइनन् कि आफू क्यासेरान्टा (फिनिस प्रधानमन्त्री आवास) पुग्छु भनेर।
अहिले उनी क्यासेरान्टामा पति र दुई वर्षकी छोरी एमाका साथ बस्छिन्। उनी भन्छिन्, ‘‘राजनीति र राजनेता मेरा लागि निकै टाढाको विषय थियो। म जहाँ बस्थेँ, त्यो राजनीतिभन्दा अलग दुनियाँ थियो।’’
उनले २०१६ मा आफ्नो ब्लगमा लेखेकी थिइन्- 'फिनल्यान्डका अन्य मानिसजस्तै मेरो परिवारको पनि थुप्रै कष्टपूर्ण कथा छन्।' मरिन फिनल्यान्डको दक्षिण-पश्चिममा रहेको सानो सहर पिरकालामा हुर्किइन्।
उनकी आमा आफ्नो जँड्याहा पतिसँग छुट्टिइन्। त्यसपछि उनलाई आमा र आमाको प्रेमीले हुर्काए। उनको आर्थिक अवस्था निकै कमजोर थियो। उनी आफ्नो परिवारलाई ‘इन्द्र धनुषी’ परिवार भन्छिन्।
आमाको देहान्तपछि उनी एक अनाथालयमा बस्न थालिन्। कलिलो उमेरमै उनले खुद्रा व्यवसायसँग जोडिएको काम गर्न थालिन् र परिवारलाई सहयोग गर्न थालिन्। सानो उमेरमा उनमा नेतृत्व कौशलसम्बन्धी कुनै संकेत देखिएको थिएन।
उनी पढेको पिरकाला हाइस्कूलकी शिक्षिका पासी कर्भिनेन उनलाई एक ‘औसत विद्यार्थी’ भन्छिन्। १५ वर्षको उमेरमा शिक्षिकाले उनलाई पढाइ सुधार्न सल्लाह दिएकी थिइन्।

मरिनको राजनीतिप्रतिको रुचि २० वर्षको उमेरमा पुगेपछि उत्पन्न हुन थाल्यो। उनले राजनीतिबाट आफ्नो मात्र होइन अन्य थुप्रै मानिसको जिन्दगीमा परिवर्तन ल्याउन सकिने ठहर गरिन्।
मरिन भन्छिन्, ‘‘वर्तमान सरकारले समानताको योजना ल्याएको छ। यसमा मातापिताको हेरचाहको जिम्मेवारी समान रुपमा सम्हाल्न प्रोत्साहन, घरेलु हिंसा गर्नेमाथि कारवाही, तलबसुविधामा लैंगिक विभेद अन्त्य गर्ने तथा गरीब र प्रवासी परिवारबाट आउने बच्चालाई शिक्षामा पहुँचसम्बन्धी नीति सामेल छ।’’
समलैंगिक अधिकार
फिनल्यान्ड सरकारले समलैंगिक कानुनमा पनि परिवर्तन गर्ने योजना बनाएको मरिन बताउँछिन्। अहिले त्यहाँको कानुनमा वैध ढंगमा लैंगिक पहिचानका लागि वर्षौं मेन्टल हेल्थ स्क्रिनिङ गर्नुपर्छ। यदि व्यक्ति निःसन्तान छैन भने उसले बन्ध्याकरण गर्नुपर्छ।
मरिन भन्छिन्, ‘‘सबैलाई आफ्नो पहिचान चुन्ने अधिकार हुन्छ, नयाँ योजनाले यसमा मद्दत गर्ने छ।’’
समलैंगिक अधिकार कार्यकर्ताले त्यहाँ लामो समयदेखि कानुन परिवर्तनको माग गर्दै आएका छन्। मरिन भन्छिन्, ‘‘मानिसको पहिचान दिने जिम्मा मेरो होइन। उनीहरू स्वयम्ले आफ्नो परिचय स्थापित गर्नुपर्छ।’’
फिनल्यान्डको गठबन्धन सरकारले लैंगिक पहिचानमा सुधार गर्नुपर्नेमा सकारात्मक धारणा राखेको र आगामी संसद्मा यससम्बन्धी विधेयक पेस गर्ने बताएको छ।
कोरोनाविरुद्धको लडाइँ
विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषणा गर्न तीन महिना ढिलो गर्यो। अघिल्लै वर्षको अन्त्यमा देखिएको भाइरस संक्रमणलाई मार्च ११ मा मात्र डब्ल्यूएचओले महामारी बतायो। तर, मरिनको क्याबिनेटले यसअघि नै आफ्नो तयारी थालिसकेको थियो।
मार्च १६ सम्म फिनल्यान्डमा लकडाउन गरिएको थियो। मिडियाले यसको विरोध गरेका थिए, तर जनताले समर्थन जनाएका थिए। मानिसहरूलाई सम्भव भएसम्म घरमै बस्न र हल्का लक्षण देखिए पनि जाँच गराउन भनिएको थियो।
चिकित्सक, ल्याबोरेटोरी, क्लिनिक सबैलाई सामञ्जस्य गरिएको थियो। त्यसबखत एक महिलाको नेतृत्व कौशलको सर्वत्र प्रशंसा भएको थियो। फिनल्यान्डमा ५५ लाख मानिस बसोबास गर्छन्। त्यहाँ कोरोनाबाट मर्नेको संख्या केवल ३७० रहेको छ।
नश्लभेदबारे आलोचना
‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका क्रममा मरिनको खुबै आलोचना भयो। केही फिनिसले सोसल मिडियामा सरकारको समानता योजनामा थुप्रै असमानता रहेको उल्लेख गरे। नश्लभेदको सिकार बन्दै आएका मानिसलाई सरकारले नहेरेको तिनले जिकिर गरे।
युरोपीय परिषद्को २०१९ को रिपोर्टअनुसार फिनल्यान्डमा अफ्रिकी मूलका ६३ प्रतिशत मानिस निरन्तर नश्लवादी उत्पीडनको सिकार बन्दै आएका छन्। यो दर युरोपमै सबैभन्दा अधिक हो। फिनल्यान्डको संसद्मा यतिखेर केवल एकजना अश्वेत महिला सांसद छिन्।
समानता कार्यक्रमले नश्लीय अल्पसंख्यकको स्थितिमा सुधार ल्याउन मद्दत पुग्ने सरकारको भनाइ छ। मरिन भन्छिन्, ‘‘हामीले के कुरामा ध्यान दिनुपर्छ भने, समानता कार्यक्रमलाई कसरी यथार्थमा परिणत गर्न सकिन्छ। प्रधानमन्त्रीका रूपमा म यसबारे गम्भीर छु।’’
प्रधानमन्त्री कार्यालयबाट करिब २०० मिटरको दूरीमा रहेको हाउस एस्टेट्समा प्रधानमन्त्री मरिन सरकारको महत्वपूर्ण कार्यक्रम समानता योजना बैठकको अध्यक्षता गर्दैछिन्। यतिखेर दर्जनौं रिपोर्टरहरू फिनल्यान्डको हाउस अफ एस्टेट्सको बाहिरपट्टि बसेर गठबन्धन सरकारको निर्णयको प्रतीक्षा गर्छन्।
मरिन भन्छिन्, ‘‘मैले पहिला नै के भन्नुपर्छ भनेर सोचेर आएको छैन। उनीहरु मसँग हरेक कुरा सोध्न सक्छन्, म त्यसको इमान्दारीपूर्वक जवाफ दिने छु।’’
१९८५, नोभेम्बर १६ का दिन जन्मिएकी मरिन आफ्नो जीवनको हनिमुनबाट फर्किएलगत्तै देशको काममा जुटेकी छन्। यसै वर्षको अगस्टमा उनले विवाह गरिन्, त्यतिखेर कोरोना महामारी सुरु भइसकेको थियो। उनको दुई वर्षकी छोरी छन्।
(बीबीसीको सहयोगमा)
" /> काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन केही समयदेखि चर्चामा छिन्। बीबीसीले संसारका सय प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा उनको नाम पनि समावेश गरेपछि उनी अहिले चर्चाको शिखरमा छिन्।अनाथालयमा पढेको र त्यहीँ हुर्केकी एक गरीब मरिन देशको प्रधानमन्त्री पदमा पुगेको हुनाले उनको चर्चा चुलिएको हो।

">