काठमाडौँको पेप्सीकोलामा चोरी
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा चोरी भएको छ।</p>
<p style="text-align: justify;">डेरा गरी बस्ने बझाङको तितेपानी गाउँपालिका घर भएका विष्णु पौडेलको कोठामा मंगलबार दिउँसो चोरी भएको हो।</p>
<p style="text-align: justify;">नगद १० हजार रूपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हो । </p>
<p style="text-align: justify;">चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्न प्रहरीले थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
