नारायणगढ पुगेका पूर्वयुवराज पारस अस्वस्थ <p>चितवन। पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन्। नारायणगढस्थित एक होटलमा मङ्&zwj;गलबार साँझ आएर बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो।</p> <p>शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण सुरु गरेको छ। रेग्मीका अनुसार उनलाई होटलमै ईसीजी गरिँदै छ।</p> <p>यसैगरी, रगत परीक्षण गर्न लागेको उनले जानकारी दिए। रेग्मीले भने, &ldquo;उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ। उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ।&rdquo; ईसीजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए।</p> <p>रेग्मीका अनुसार, शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो। सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्