काठमाडौं। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालक सहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरू काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुबबहादुर मगर र काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेका छन्।
उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त सालक लिएर हिँडीरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
" /> काठमाडौं। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालक सहित २ जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरू काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुबबहादुर मगर र काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेका छन्।

">