काठमाडौं। पछिल्लो सात महिना नौ दिनमा विपद्का घटनाले एक अर्ब ९१ लाख ४४ हजार ७१० रूपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो क्षति २०७७ वैशाख १ देखि मङ्सिर ९ गतेसम्मको अवधिमा भएको हो।
विपद्का घटनाहरूमध्ये सबैभन्दा ठूलो क्षति आगलागीले गरेको छ। प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा आगलागीका कारण मुलुकले ८२ करोड ९६ लाख १४ हजार ८६० रूपैयाँ आर्थिक क्षति बेहोर्नुपरेको छ।
वैशाख १ गतेयता अविरल वर्षाले ६ करोड ९९ लाख ४० हजार २०० रूपैयाँको क्षति गरेको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै पछिल्लो सात महिना नौ दिनको अवधिमा पहिरोले पाँच करोड नौ लाख ६४ हजार ९०० रूपैयाँ, बाढीले चार करोड ८८ लाख ११ हजार रूपैयाँ, चट्याङले ५९ लाख ४२ हजार ५०० रूपैयाँ र जंगली जनावरको आक्रमणले ३८ लाख ७१ हजार २५० रूपैयाँको आर्थिक क्षति पुर्याएको छ।
यो वर्ष हालसम्म दुई हजार ३७९ वटा विपद्सम्बन्धी घटना रेकर्ड गरिएको छ। विपद्का घटनाहरूमा सबैभन्दा बढी आगलागीका रहेका छन्। यो वर्ष हालसम्म आगलागीका एक हजार २८ घटना भएका छन्।
यस्तै, वैशाख १ गतेयता चट्याङका २१६, सर्पदंशका ५६, जंगली जनावरको आक्रमण १३७, बाढी ९७, पहिरो ४८५ र अविरल वर्षाका ३६० वटा घटना रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ।
विपद्का घटनाले यो वर्ष ४८३ जनाको ज्यान लिएको छ। प्राधिकरणका अनुसार आगलागीका घटनामा २०, चट्याङ लागेर ६५, सर्पले टोकेर २१, जंगली जनावरको आक्रमणबाट १९, बाढीमा परी ४२, पहिरोमा परी ३०१ र अविरल वर्षाका कारण १५ जनाको मृत्यु भएको छ।
विपद्का घटनामा परी यो वर्ष हालसम्म १०१ जना बेपत्ता भएका छन्। बाढीमा ३७ र पहिरोमा ६४ जना बेपत्ता भएका हुन्।
यो वर्ष विपद्का घटनाहरूमा परी ८५६ जना घाइते भएका छन्। आगलागीबाट १८५, चट्याङ लागेर २१३, सर्पले टोक्दा ३९, जंगली जनावरको आक्रमणमा परी १२७, बाढीमा परी ११, पहिरोमा परी २२५ र अविरल वर्षाका कारण ५६ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
पछिल्लो सात महिना नौ दिनमा विपद्का घटनामा परी दुई हजार ४१२ घरपालुवा चौपायको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ।
" /> काठमाडौं। पछिल्लो सात महिना नौ दिनमा विपद्का घटनाले एक अर्ब ९१ लाख ४४ हजार ७१० रूपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो क्षति २०७७ वैशाख १ देखि मङ्सिर ९ गतेसम्मको अवधिमा भएको हो।

">