काठमाडौँ। रौतहटको गरूडा नगरपालिका–७ भीमडाबरमा एक जनाको हत्या भएको छ। कुटपिट गरी ४५ वर्षीय फतिङ्गा ठाकुरको हत्या भएको हो।
हत्या आरोपमा सोही ठाउँका ५० वर्षीय ध्यानी ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।
ध्यानीसमेत ३ जनाले जग्गाको बिषयलाई लिएर फतिङ्गालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
उनको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
कुटपिटमा संलग्न अन्य दुई जना फरार छन्। उनीहरूको खोजी कार्य थालिएको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ।
" /> काठमाडौँ। रौतहटको गरूडा नगरपालिका–७ भीमडाबरमा एक जनाको हत्या भएको छ। कुटपिट गरी ४५ वर्षीय फतिङ्गा ठाकुरको हत्या भएको हो।हत्या आरोपमा सोही ठाउँका ५० वर्षीय ध्यानी ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।

">