काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मा पीपलामोड ढलानमा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ।
गुडिरहेको बा ६ ख ९७४८ ट्रकबाट ओर्लिने क्रममा चिप्लिएर ३४ वर्षीया योगेन्द्र विष्टको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। गुडिरहेको ट्रकबाट ओर्लिँदा उनी सोही ट्रकको टायरमुनि परेका थिए। दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो।
मृतक विष्टको घर सुनसरीको बराह क्षेत्र नगरपालिका–११ रहेको खुलेको छ। उनी उक्त ट्रकका मालिकसमेत हुन्। घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।