काठमाडौं। भक्तपुरमा सडक पार गर्ने क्रममा पैदलयात्री एक वृद्धालाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश २-०१-००१ च. ०१८० नम्बरको सवारीका चालक सिरहा गोलबजारका २४ वर्षीय अर्जुन वि.क. पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय गोलबजार सिरहासँग समन्वय गरी भक्तपुर प्रहरीले पक्राउ गरेको हो।
यही मंसिर ५ गते बनेपाबाट काठमाडौंतर्फ तरकारी बोरामा लोड गरी आउँदै उक्त सवारीले भक्तपुरको भक्तपुर नगरपालिका-९ को पलासेमा ६५ वर्षीया ललितकुमारी कार्कीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
उनी सोही ठाउँकी हुन्। ठक्करपछि उनी गम्भीर घाइते भएकी थिइन्। घटनास्थलबाट महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरदेखि खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले उनलाई वृद्धालाई उद्दार गरी डा. ईवामुरा अस्पताल भक्तपुर लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौंमा उपचारको क्रममा उनको मंसिर ६ गते मृत्यु भएको थियो।
तर, दुर्घटनापछि भने चालक विक फरार थिए। उनलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले सूक्ष्म रूपले अनुसन्धान गर्ने क्रममा फेला पारी पक्राउ गर्न सफल भएको हो।
उनीविरुद्ध आज महानगरीय वृत्त जगातीमै सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य प्रहरीले थालेको छ।
" /> काठमाडौं। भक्तपुरमा सडक पार गर्ने क्रममा पैदलयात्री एक वृद्धालाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ।प्रदेश २-०१-००१ च. ०१८० नम्बरको सवारीका चालक सिरहा गोलबजारका २४ वर्षीय अर्जुन वि.क. पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय गोलबजार सिरहासँग समन्वय गरी भक्तपुर प्रहरीले पक्राउ गरेको हो।

">