काठमाडौं। कैलालीको गौरीगंगा नगरपालिका-३, झिलमा गएराति सवारीसाधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
सोही घटनामा एक ना घाइते भएका छन्।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ का २२ वर्षीय अर्जुन चौधरी रहेका छन्। घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार घाइते एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
गएराति १० बजे सुदूरपश्चिम प्रदेशको ०१ ००९ प ९७६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो।
मोटरसाइकललाई ठक्कर दिएको आशंकामा ना ३ ख ३ ४२ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चौमाला कैलालीले जनाएको छ।
" /> काठमाडौं। कैलालीको गौरीगंगा नगरपालिका-३, झिलमा गएराति सवारीसाधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।सोही घटनामा एक ना घाइते भएका छन्।

">