काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’ को सबैभन्दा रुचिकर र महत्वपूर्ण कथा पुस्तकको अन्तिम पृष्ठहरुमा पढ्न पाइन्छ।
खण्ड २७ मा २०११ मा पाकिस्तानको एबटावादमा ओसामा बिन लादेनलाई मार्न चलाइएको ‘नेभी सिल अप्रेसन’ बारे उल्लेख गरिएको छ। उक्त कथा पुस्तकको खण्ड २७ मा रहेको ६७३ पृष्ठबाट सुरू हुन्छ। यदि तपाईं यसलाई सुरुदेखि नै पढ्नु हुन्छ भने कठिन लाग्दैन। पाठकलाई बाँधिराख्न सक्ने ढंगमा यो पुस्तक लेखिएको छ।
लादेनलाई मार्नेबारे ओबामा पुस्तका उक्त क्षण स्मरण गर्न पुग्छन्। उनी लेख्छन्- ‘आकस्मिकताका साथ मलाई आशा थिएन। मैले म्याक्रेवन तथा लियोनको आवाज सुनेँ। निरन्तर आवाज आइरहेको थियो। उनीहरूले त्यही शब्द दोहोर्याइरहे, जसको हामी प्रतीक्षा गरिरहेका थियौं।’ त्यो शब्दमा दुश्मनलाई कारबाहीमा मारिएको सन्दर्भ थियो।
कन्फ्रेन्स रुमका भित्र एकैसाथ आवाज आयो र मैले भनेँ- ‘वी गट हिम’ (हामीले उसलाई भेट्यौं)। लामो समयपछि ओबामाले आफ्नी पत्नी मिसेललाई बताए। त्यसबखत उनले आफ्नो खुसीको क्षण साझा गर्न चाहेका थिए। ‘म दाह्री काटिसकेर आफ्नो सुट र टाइ लगाइरहेको थिएँ, ढोकामा मिसेल देखिइन्। मैले उनलाई थम्सअपको इशारा गरेँ। उनी हाँस्दै मेरो अँगालोमा बाँधिन आइपुगिन्,’ ओबामा लेख्छन्। मिसेल जवाफमा भन्छिन्- ‘यो अद्भूत क्षण हो।’ ओबामा थप्छन्- ‘तिमीलाई कस्तो महसुस भइरहेको छ ?’
तथापि, उनले पुस्तकमा पाकिस्तानी सेना प्रमुख तथा राष्ट्रपतिको प्रतिक्रियाबारे भने खुलासा गरेका छन्। संयुक्त सेनाका तत्कालीन प्रमुख एडमिरल म्युलेनले कियानीलाई फोन गरे। ओबामाका अनुसार त्यो कुराकानी निकै नरमखालको थियो। छापा मार्ने कामलाई जतिसक्यो छिटो सम्पन्न गर्नु पर्ने कियानीको राय थियो, यसले पाकिस्तानी जनताको प्रतिक्रियालाई सम्हाल्न सहज हुने उनको धारणा थियो।
लादेनको सवाल, निजी जिन्दगी, राजनीति, अमेरिकी जनताजस्ता थुप्रै विषयमा अ प्रमिस्ड ल्यान्ड बोलेको छ। तर लादेन भेटिएको र मारिएको पाकिस्तानबारे उनी केही पनि बोल्दैनन्। यही विषयलाई लिएर उनको पुस्तक प्रकाशनपछि भारतलगायतका स्थानमा ओबामामाथि प्रश्न गर्न थालिएको छ। किन उनी पाकिस्तानबारे मौन छन् ? कतिपय भारतीय मिडिया र जानकारहरू लादेनलाई पाकिस्तानले लुकाएर राखेको थियो ? या पाकिस्तान लादेनबारे अनभिज्ञ थियो ? यस्ता प्रश्न उठ्न थालेका छन्।
२०१७ मा आयोजित ‘हिन्दुस्तान टाइम्स लिडरसिप समिट’ मा उनी सबैको आकर्षण बनेका थिए। त्यसबखत उनलाई यही सवाल गरिएको थियो। उनले अमेरिकी प्रशासनसँग यसको कुनै प्रमाण नभएको जवाफ दिएका थिए। उनको जवाफप्रति थप सवालजवाफ हुन पुगेको थियो।
शालीन स्वभाव र अध्ययनशीलताका कारण ओबामा आफूमाथि आइलागेको प्रश्न, आरोप, तर्कमाथि भलादमी प्रतिक्रिया दिन सिपालु छन्। उनले समिटमा पनि सोही व्यवहार देखाएका थिए। कतिपय जिज्ञाशालाई उनी मन्द हाँसोले जितिदिन खप्पिस छन्।
एउटा विश्व विख्यात राजनीतिज्ञले लेखेको संस्मरण पुस्तकमा कठिन समयका कथा पाठकले अवश्य खोज्छन्। कतिपय पाठक ओबामाले लादेन प्रकरणलाई कसरी लिएका होलान् भन्ने बुझ्नका निम्ति पनि अ प्रमिस्ड ल्यान्ड किनेका छन्। तर, पुस्तकमा यसको जवाफ पाइँदैन।

यसको विपरीत आसिफ अली जरदारीको प्रतिक्रिया प्रशंसनीय थियो। तर, उनले आफ्नो देशमा हुन सक्ने आलोचना झेल्न तयार हुनुपथ्र्यो, त्यो पाकिस्तानको सम्प्रभुता उल्लंघनबारे थियो। जब ओबामा उनीसमक्ष पुगे, उनले बधाई भने र समर्थन पनि गरे। जरदारीले यसलाई निकै नै राम्रो काम समाचार भने।
पछिल्लो समय राजनीतिक संस्मरण वा राजनेताका आत्मकथा लेख्ने क्रम निकै बाक्लिएको छ। तर, राजनीतिक संस्मरण लेख्न त्यस्तो सजिलो कहाँ छ र! कति कुरा बाहिर ल्याउन हुँदैन, सत्य कुरालाई पनि जोखेर र तौलेर लेख्नुपर्ने हुन्छ।
अ प्रमिस्ड ल्यान्डको खण्ड २७ ले ओबामा आफ्नो आधिपत्यमा चल्ने मानिस बुझाउँछ। रुचिकर शैली र भाषा अनि कतिपय घटनाको खुलासाले यो पुस्तक अहिलेको समयको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ। मानिसहरु ओबामाको संस्मरण पढ्न निकै प्रतीक्षा गरिरहेका थिए। नोभम्बर १७ मा सार्वजनिक भएको उक्त पुस्तक पहिलो दिन नै करिब ९ लाख प्रति बिक्री भएको थियो।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’ को सबैभन्दा रुचिकर र महत्वपूर्ण कथा पुस्तकको अन्तिम पृष्ठहरुमा पढ्न पाइन्छ।खण्ड २७ मा २०११ मा पाकिस्तानको एबटावादमा ओसामा बिन लादेनलाई मार्न चलाइएको ‘नेभी सिल अप्रेसन’ बारे उल्लेख गरिएको छ। उक्त कथा पुस्तकको खण्ड २७ मा रहेको ६७३ पृष्ठबाट सुरू हुन्छ। यदि तपाईं यसलाई सुरुदेखि नै पढ्नु हुन्छ भने कठिन लाग्दैन। पाठकलाई बाँधिराख्न सक्ने ढंगमा यो पुस्तक लेखिएको छ।

">