काठमाडौं। पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६, चहलासिमलमा हिजो ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सोही स्थानका १९ वर्षीय रमन भट्टराई रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सोही ठाउँकी १६ वर्षीया रक्षा केसी, १५ वर्षीया सबिक्षा केसी र १४ वर्षीय विकास रायमाझी घाइते भएका छन्।
घाइतेहरूकाे उपचार बुटवलमा भइरहेको छ।
हिजो साँझ करिब सवा ६ बजे दमारबाट माझीटोलतर्फ पराल बोकेर जाँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा संलग्न सवारीसाधनसहित चालकलाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६, चहलासिमलमा हिजो ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सोही स्थानका १९ वर्षीय रमन भट्टराई रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

">