काठमाडौं। मोरङको सुन्दर हरैचा नगरपालिका-६, दुलारीमा गएराति मोटरसाइकलको ठक्करबाट आमाले बोकेको १५ दिनको शिशुको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-१२ घर भई सुन्दर हरैचा नगरपालिका-४ डेरा गरी बस्ने २५ वर्षीया कल्पना यादवलाई पैदल हिँडिरहेको अवस्थामा गएराति १० बजे मोटरसाइकलले ठक्कर दिएको थियो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३६ प ४४२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा यादवसहित उनले बोकेको १५ दिनको शिशु घाइते भएका थिए।
धरान घोपामा घाइते दुवैजनाको उपचार भइरहेकोमा शिशुको भने मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरी चौकी गछीया मोरङले नियन्त्रणमा लिएको छ। रासस
" /> काठमाडौं। मोरङको सुन्दर हरैचा नगरपालिका-६, दुलारीमा गएराति मोटरसाइकलको ठक्करबाट आमाले बोकेको १५ दिनको शिशुको मृत्यु भएको छ।विराटनगर महानगरपालिका-१२ घर भई सुन्दर हरैचा नगरपालिका-४ डेरा गरी बस्ने २५ वर्षीया कल्पना यादवलाई पैदल हिँडिरहेको अवस्थामा गएराति १० बजे मोटरसाइकलले ठक्कर दिएको थियो।

">