चितवन। चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करी अभियोग लागेर सजाय भुक्तान गरेकाहरूलाई गैँडा संरक्षणमा लाग्न प्रेरित गरेको छ।
निकुञ्जमा गैँडा संरक्षणको चुनौती बढिरहेको बेला निकुञ्ज प्रशासनले यसअघि तस्करीमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरूलाई गैँडा संरक्षणमा प्रेरित गरेको हो।
एक दशक अघि गैँडाको खाग तस्करी गर्नेहरूले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पूरा गरेका व्यक्तिहरूलाई अहिले गैँडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
तत्कालीन समयमा गैँडाको चोरी शिकारमा एउटै गाउँका ४० जनासम्म संलग्न भएका थिए।
निकुञ्जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्जसम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरूलाई १० लाख रूपैयाँसम्म जरिबाना र १५ वर्ष सम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गरे।
तस्करीमा संलग्न व्यक्ति तथा उनीहरूका आफन्तहरूले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन्। विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरूले बताए।
त्यसैले चेतनामूलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरुको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शून्य चोरी शिकार वर्ष मनाइएको थियो। तर, यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चारवटा गैंडा मारिसकेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैँडा मारेर तस्करी भएको इतिहास समेत छ। तस्करीमा लागेका कतिपय चेपाङहरू अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन्।
कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरू फेरि तस्करीमा संलग्न हुन थालेकाे भन्दै निकुञ्जले गैँडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो।
" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करी अभियोग लागेर सजाय भुक्तान गरेकाहरूलाई गैँडा संरक्षणमा लाग्न प्रेरित गरेको छ।निकुञ्जमा गैँडा संरक्षणको चुनौती बढिरहेको बेला निकुञ्ज प्रशासनले यसअघि तस्करीमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरूलाई गैँडा संरक्षणमा प्रेरित गरेको हो।

">