काठमाडौं। बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोका मगरले आफूले देशवासीका कारण ‘उपहार’ प्राप्त गरेको बताएकी छन्।
आफ्नो लागि बाँच्दा खुसी नमिलेपछि अरूको लागि बाँच्ने प्रयास गर्दा देशवासीका कारण उपहार प्राप्त भएको बताएकी हुन्।
बुधबार बिहान ‘सपना रोका मगर’ नामको आफ्नो फेसबुकमा प्रत्यक्ष जोडिँदै उनले आफू गाउँमा रहेको र समाचारमार्फत् विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा परेको खबर थाहा पाएको बताइन्।
“विश्वभरको १०० प्रभावशाली महिलामा नेपालबाट म छनौट भएको रहेछु, आज बिहान उठ्ने बित्तिकै त्यो समाचार सुनें र धेरै खुसी लागेको छ”, उनले भनिन्, “यो सबै तपाईहरूले दिनु भएको उपहार हो, हौसला हो, तपाईहरूले दिनु भएको मायाँ, ऊर्जाले गर्दा नै बेवारिस लासको उचित ढङ्गले व्यवस्थापन गर्नुपर्छ भन्नेमा छु।”
सिफारिस
उनले आफूलाई थप हौसला प्रदान गर्ने खालका प्रतिक्रियाहरू प्राप्त भइरहेको बताएकी छन्। हौसला दिने सबैलाई उनले धन्यवाद ज्ञापन गरिन्।
उनले याे समयमा सँगै बसेर खुसी भने साट्न नपाएको बताइन्। आफू गाउँमा रहेको र नेटसँगै बिजुलीको पनि समस्या रहेकोले खुसी साट्न नपाएको भन्दै चाँडै काठमाडौं आउने बताइन्।
गाउँमा रहँदा पनि विपन्न परिवारका मानिसहरूको सहयोगमा जुटिरहेको उनको भनाइ छ।
“घरमा चुल्हो छ तर, साँझ बिहान चुल्हो बलिरहेको छैन भने उहाँहरूको घरमा खाद्यन्न पुर्‍याउने समाजसेवीहरू सहरमा त छन्”, उनले थपिन्, “तर, गाउँमा त्यस्तो सहयोग छैन, बन्दाबन्दीले गरिबहरूलाई गाह्रो छ, उत्पादन भएको वस्तुलाई बजारमा लगेर बिक्री गर्न पाएका छैनन्, उनीहरूलाई सहयोग गर्दै आएकी छु।”
उनले सामाजिक उत्तरदायित्व अन्तर्गत जिम्मेवारीपूर्वक अगाडि बढ्ने कोसिस गरिरहेको पनि उल्लेख गरेकी छन्। उनले आफूलाई जिन्दगीमा सही मार्गदर्शन विनयजंग बस्नेत (सपना बुबा भन्दै बस्नेतलाई सम्बोधन गर्छिन्) ले गरेको र उनकै कारण सडकदेखि यो अवस्थामा आइपुगेको बताइन्।
सिफारिस
तर, आफ्नो देशले आफू संलग्न समूहले गरेको कामको मुल्याङ्कन नगरेको भन्दै उनले  गुनासो गरिन्। देशले मूल्याङ्कन नगरे पनि अन्तर्राष्ट्रिय जगतले गरेको भन्दै खुसी व्यक्त गरेकी छन्।
सोमबार राति वर्ष २०२० को प्रेरक तथा प्रभावशाली १०० महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो।
उक्त सूचीमा नेपालबाट सपना रोका मगर परेकी छन्।
अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा बीबीसीले राख्ने गरेको छ।
बीबीसीका अनुसार तीन महिना घरवारविहीन भएपछि सपना काठमाडौं आएकी थिइन्। काठमाडौं आएपछि उनी बेवारिस लास जलाउने संस्थामा आबद्ध भएर काम गर्न थालिन्।
उनी आबद्ध संस्थाले सडकमा बेवारिस अवस्थामा भेटिएका शवलाई अस्पताल पुर्‍याउने र त्यसको पोस्टमार्टम गर्ने व्यवस्था मिलाउँदै आएको छ।
शव अस्पतालमा ३५ दिनसम्म कोही बुझ्न नआए उनको संस्थाले दागबत्ती दिएर शवको अन्तिम संस्कार गर्ने गर्दछ।
" /> काठमाडौं। बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोका मगरले आफूले देशवासीका कारण ‘उपहार’ प्राप्त गरेको बताएकी छन्।
"> बीबीसीको १०० प्रभावशाली महिला सपना भन्छिन्- देशवासीका कारण यो उपहार प्राप्त भयो: Dekhapadhi
बीबीसीको १०० प्रभावशाली महिला सपना भन्छिन्- देशवासीका कारण यो उपहार प्राप्त भयो
काठमाडौं। बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोका मगरले आफूले देशवासीका कारण ‘उपहार’ प्राप्त गरेको बताएकी छन्।
आफ्नो लागि बाँच्दा खुसी नमिलेपछि अरूको लागि बाँच्ने प्रयास गर्दा देशवासीका कारण उपहार प्राप्त भएको बताएकी हुन्।
बुधबार बिहान ‘सपना रोका मगर’ नामको आफ्नो फेसबुकमा प्रत्यक्ष जोडिँदै उनले आफू गाउँमा रहेको र समाचारमार्फत् विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा परेको खबर थाहा पाएको बताइन्।
“विश्वभरको १०० प्रभावशाली महिलामा नेपालबाट म छनौट भएको रहेछु, आज बिहान उठ्ने बित्तिकै त्यो समाचार सुनें र धेरै खुसी लागेको छ”, उनले भनिन्, “यो सबै तपाईहरूले दिनु भएको उपहार हो, हौसला हो, तपाईहरूले दिनु भएको मायाँ, ऊर्जाले गर्दा नै बेवारिस लासको उचित ढङ्गले व्यवस्थापन गर्नुपर्छ भन्नेमा छु।”
सिफारिस
बेवारिस लासकी एक्ली मलामी सपना, जसले सयौँ लासलाई दागबत्ती दिइन्
उनले आफूलाई थप हौसला प्रदान गर्ने खालका प्रतिक्रियाहरू प्राप्त भइरहेको बताएकी छन्। हौसला दिने सबैलाई उनले धन्यवाद ज्ञापन गरिन्।
उनले याे समयमा सँगै बसेर खुसी भने साट्न नपाएको बताइन्। आफू गाउँमा रहेको र नेटसँगै बिजुलीको पनि समस्या रहेकोले खुसी साट्न नपाएको भन्दै चाँडै काठमाडौं आउने बताइन्।
गाउँमा रहँदा पनि विपन्न परिवारका मानिसहरूको सहयोगमा जुटिरहेको उनको भनाइ छ।
उनले सामाजिक उत्तरदायित्व अन्तर्गत जिम्मेवारीपूर्वक अगाडि बढ्ने कोसिस गरिरहेको पनि उल्लेख गरेकी छन्। उनले आफूलाई जिन्दगीमा सही मार्गदर्शन विनयजंग बस्नेत (सपना बुबा भन्दै बस्नेतलाई सम्बोधन गर्छिन्) ले गरेको र उनकै कारण सडकदेखि यो अवस्थामा आइपुगेको बताइन्।
सिफारिस
बीबीसीको १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर
तर, आफ्नो देशले आफू संलग्न समूहले गरेको कामको मुल्याङ्कन नगरेको भन्दै उनले  गुनासो गरिन्। देशले मूल्याङ्कन नगरे पनि अन्तर्राष्ट्रिय जगतले गरेको भन्दै खुसी व्यक्त गरेकी छन्।
सोमबार राति वर्ष २०२० को प्रेरक तथा प्रभावशाली १०० महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो।
उक्त सूचीमा नेपालबाट सपना रोका मगर परेकी छन्।
अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा बीबीसीले राख्ने गरेको छ।
बीबीसीका अनुसार तीन महिना घरवारविहीन भएपछि सपना काठमाडौं आएकी थिइन्। काठमाडौं आएपछि उनी बेवारिस लास जलाउने संस्थामा आबद्ध भएर काम गर्न थालिन्।
शव अस्पतालमा ३५ दिनसम्म कोही बुझ्न नआए उनको संस्थाले दागबत्ती दिएर शवको अन्तिम संस्कार गर्ने गर्दछ।
प्रतिक्रिया दिनुहोस्