“कोही मान्छे मर्दा दागबत्ती दिने पनि कोही हुँदैनन्, उनीहरूलाई बेवारिस भनिन्छ। उनीहरूको चितामा दागबत्ती दिने कामबाट मलाई सन्तुष्टि मिल्छ,” सपनाले भनिन्।
अहिलेसम्म उनले लगभग १०० बेवारिस शवलाई दागबत्ती दिइसकेकी छन्। उनले बेवारिस शव जलाउनुका साथै समस्यामा परेकाहरूलाई पनि आफूले सक्ने सहयोग गर्दै आएकी छन्।
कुनै ठाउँमा बेवारिस फेला परेको खण्डमा उनी त्यहीँ पुग्छिन् र शवलाई पशुपति आर्यघाटसम्म लगेर मलामी पनि उनी आफैं बन्छिन् र शवलाई दागबत्ती दिन्छिन्।
“यो मेराका लागि सन्तुष्टिको काम हो। सबैजना बाँचेका वा जिउँदा मानिसहरूका लागि गर्न थाल्यौँ। जसको कोही छैनन्, उनीहरूको मृत्यु भयो भने बेवारिस बन्छन्। उनीहरूका लागि केही गर्नुपर्छ भनेर म अघि आएकी हुँ,” सपनाले भनिन्।
विजयजंग बस्नेत बेवारिस शवको व्यवस्थापन गर्दै आएका छन्। त्यही क्रममा उनको छोरीसँग सपनाको भेट भयो। विदेश जान आवश्यक पर्ने कागजात बनाउने क्रममा सपना र विजयको छोरीको भेट भएको थियो।
त्यहीँबाट दुवैजना साथी बने। तर, उनको विदेशको भिसा लागेन। छोरीमार्फत् विजयसँग सम्पर्कमा रहेकी उनी उनका कामबाट निकै प्रभावित भइन्।
कुनै समय उनी पनि सडकमा बेवारिस जीवन बिताउँथिन्। साथीभाइको संगतमा लागेर उनी घरबाट टाढा रहेका सडक बालबालिका बन्न पुगेकी थिइन्।
आफ्नो विगत सम्झिँदै उनले भनिन्, “मैले पनि सडक बालबालिको जीवन भोगेर आइसकेकी थिएँ। विजय बुबा (सपनाले गर्ने सम्बोधन)ले गरेका कामहरू मलाई एकदम मन पर्यो। उहाँसँगै म पनि बेवारिस लासको वारिस बन्छु भनेर यो क्षेत्रमा लागेँ।”
साथीभाइको गलत संगतले कुनै दिन उनी पनि सडकमा मागेर खान्थिन्। सडकमा मागेर खाना खानेको लाइनमा उनी बस्थिन्। बेवारिसको ठाउँमा कस्तो हुन्छ, के खालको भोगाइ हुन्छ भन्ने सबै कुरा उनले भोगिसकेकी थिइन्।
तिनै सपना बेवारिस शवलाई दागबत्ती दिने कार्यमा तल्लीन छिन्।
उनै सपना विश्वका १०० प्रेरणादायी प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन्। बीबीसीले हरेक वर्ष विश्वभरबाट १०० जनालाई प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गर्ने गरेको छ।

बिहान उनी सुतेकै अवस्थामा थिइन्। एकजना दाइले फोन गरेर बधाई दिए।
“लौ बहिनी! बधाई छ।”
उनले सोधिन्, “केका लागि?”
“लौ! संसारमा यत्रो कुरा भइसक्यो तिमी भने अझै पनि सुतेकी छौ?” उनले भने।
त्यसपछि उठेर समाचार हेरिन्- जताततै उनको नाम थियो। सामाजिक सञ्जालमार्फत् उनलाई बधाई दिनेको ओइरो लागेको थियो।
त्यसपछि उनले आफू बीबीसी हण्ड्रेड वुमेन २०२० छनोट भएको आमालाई जानकारी गराइन्।
उक्त खबर सुृनेपछि आफूभन्दा पनि आमा बढी खुसी भएको सपनाको भनाइ छ। देखापढीसँग कुरा गर्दै सपनाले भनिन्, “उक्त कुरा आमालाई भनेपछि आमा यति खुसी हुनुभयो कि राति निद्रा पनि परेन रे! खाना पनि खान मन लागेन रे!”
सपनाले जीवनमा खासै ठूलो सपना साेचिनन्। उनी त सधैँ अरूको सेवामै आफ्नो जीवन बिताउन चाहन्छिन्।
“मेरो सपना भनेकै दुःखमा परेकाहरूलाई निरन्तर सहयोग होस् भन्ने हो। आफ्नो जीवन नै मैले सामाजिक कार्यका लागि अर्पण गरेकी हुँ,” उनले भनिन्।
समाजमा हरेक मानिसलाई हेर्ने दृष्टिकोण तथा व्यवहार समान होस्, कसैलाई पनि बेवारिसको ट्याग भिर्न नपरोस् भन्ने उनको चाहना छ। त्यही भएर उनी सानै उमेरदेखि नै आफ्नोभन्दा पनि अरूको लागि बाँचिरहेकी छन्।
अरू मानिसहरू खुसी भएको, कोही पनि दुई छाक खान नपाएर भोकै नमरोस् भन्न उनको चाहना हो।
उनी भन्छिन्, “समाजले मलाई के दियो भन्नुभन्दा पनि मैले समाजलाई के योगदान गरे भन्ने कुरा महत्त्वपूर्ण हो। यो बीबीसी हण्ड्रेड वुमेन २०२० को छनोटमा पर्दा मेरो जिम्मेवारी अझ थपिएको छ।”
" />“कोही मान्छे मर्दा दागबत्ती दिने पनि कोही हुँदैनन्, उनीहरूलाई बेवारिस भनिन्छ। उनीहरूको चितामा दागबत्ती दिने कामबाट मलाई सन्तुष्टि मिल्छ,” सपनाले भनिन्।

">