काठमाडाैं। आज सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको भू-भागमा सामान्यदेखि आंशिक बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाकाे पूर्वानुमान छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहने जनाइएकाे छ।
" /> काठमाडाैं। आज सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

">