काठमाडौँको मूलपानीमा सहकारीबाट २० लाख चोरी
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ मूलपानी मिलनचोकमा रहेको बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ।</p>
<p style="text-align: justify;">देवी बचत तथा ऋण सहकारी संस्थाको २० लाख रूपैयाँ चोरी भएको हो। मूल गेटको ताल्चा फुटाएर मंगलबार चोरी भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी कार्य थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
