काठमाडौं। कपिलवस्तुमा सवारी दुर्घटना हुँदा भारतीय चालकको मृत्यु भएको छ। भारतको अयोध्या दर्शननगरका ६० वर्षीय मुन्नीलाल चौहानको मंगलबार बिहान मृत्यु भएको हो।
बुद्धभूमि नगरपालिका–२ गोरुसिंङ्गे जंगलस्थित सडकमा ना ८ ख २५२५ नम्बरको रोकी राखेको बसमा मुन्नीलालले चलाएको यूपी ४२ बीटी २३९१ नम्बरको भारतीय ट्रक ठोक्किन पुगेको थियो। कपिलवस्तु प्रहरीका अनुसार चौहानको ट्रकमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बसका चालक बाँकेको राप्ती सोनारी गाउँपालिका–४ अगैया बस्ने २४ वर्षीय कमल परियारलगायत ४ जना उपचारपछि डिस्चार्ज भएका छन्।
" /> काठमाडौं। कपिलवस्तुमा सवारी दुर्घटना हुँदा भारतीय चालकको मृत्यु भएको छ। भारतको अयोध्या दर्शननगरका ६० वर्षीय मुन्नीलाल चौहानको मंगलबार बिहान मृत्यु भएको हो।बुद्धभूमि नगरपालिका–२ गोरुसिंङ्गे जंगलस्थित सडकमा ना ८ ख २५२५ नम्बरको रोकी राखेको बसमा मुन्नीलालले चलाएको यूपी ४२ बीटी २३९१ नम्बरको भारतीय ट्रक ठोक्किन पुगेको थियो। कपिलवस्तु प्रहरीका अनुसार चौहानको ट्रकमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बसका चालक बाँकेको राप्ती सोनारी गाउँपालिका–४ अगैया बस्ने २४ वर्षीय कमल परियारलगायत ४ जना उपचारपछि डिस्चार्ज भएका छन्।
">