गुलाव शाह खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराजको उपचार ग्राण्डीमा
काठमाडौँ। महोत्तरीको बर्दिबास नगरपालिका–१४ सुगम बस्तीकी ६ वर्षीया बालिकाको हत्याको विरोध गर्दै प्रदर्शन गर्दा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका ‘सञ्जय’ भनिने बुद्धिराज न्यौपानेलाई उपचारका लागि ग्राण्डी अस्पताल ल्याइएको छ।

कैलाश एयरको हेलिकोप्टरबाट उनलाई मंगलबार बेलुकी ग्राण्डी अस्पताल ल्याइ पु¥याइएको हो।

उनको तिघ्रामुनि गोली लागेको छ। अर्का घाइते श्याम कार्कीलाई पनि उपचारका लागि काठमाडौं पठाएको महोत्तरी प्रहरीले जनाएको छ। उनको पनि अवस्था गम्भीर छ। प्रहरीले हानेको गोली उनको घाँटीमा लागेको छ।

मंगलबार दिउँसो सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको आइतबार हत्या भएको विषयलाई लिएर स्थानीयवासीले प्रर्दशन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले प्रहरी बिटमा राखिएको बालिकाको शव प्रदर्शनकारीले लान खोज्दै प्रहरी बिटमा आगजनी गर्दा स्थिति तनावपूर्ण बनेको बताए।

स्थिति नियन्त्रणको क्रममा प्रहरीले फायर खोलेको जनाएको छ। प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गामुढा गर्दा महोत्तरी प्रहरी प्रवक्ता तथा डीएसपी प्रकाश विष्टसहित १५ जना प्रहरी कर्मचारी घाइते भएका छन्। घाइतेमध्ये तीनजना भने सशस्त्र प्रहरी रहेका छन्।

प्रदर्शनकारीले ढुङ्गामुढा गर्दा आगजनी नियन्त्रणको लागि बर्दिबास नगरपालिका र धनुषाको महेन्द्रनगरबाट आएका २ वटा दमकलको चारैतर्फका शिशा फुटेर क्षति भएको छ। सिन्धुलीबाट हेटौंडातर्फ जादै गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बा.२ झ २५७९ नम्बरको गाडीको झ्यालको सिसा समेत फुटेर क्षति भएको छ।

ती बालिकाको हत्या गरेको आरोपमा बर्दिबास नगरपालिका–१४ सुगम बस्तीमा पसल गरी बस्ने गौशाला नगरपालिका–५ जिरो माइल घर भएका २६ वर्षीय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्