काठमाडौँ। सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्ने गर्छन्। नेपालमा खासै बहसको विषय नबन्ने तर भूकम्पपछि सबैभन्दा ठूलो आर्थिक क्षति गर्ने विपद्का घटनामा पर्छ, आगलागी।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको पछिल्लो साढे ९ वर्षको तथ्याङ्कअनुसार आगलागीका घटनाले उक्त अवधिमा नेपालमा १८ अर्ब ८३ करोड ६५ लाख १५ हजार ३९२ रूपैयाँबराबरको आर्थिक क्षति गरेको छ।

“नेपालमा आगलागीका घटनाले वर्षेनि ठूलो क्षति गर्ने गरेको छ। प्रायः आगलागीका घटना असावधानीका कारण बढी हुने गरेको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले देखापढीसँग भने।

२०६८ वैशाख १ गतेदेखि २०७७ मंसिर ७ गतेसम्म नेपालमा आगलागीका १४ हजार ३४७ घटना रेकर्ड भएका छन्। ती घटनामा ६३२ जनाको मृत्यु भएको छ भने १ हजार ८९७ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार यस वर्ष २०७७ वैशाख १ देखि मंसिर ८ गतेसम्म अर्थात् ७ महिना ८ दिनको अवधिमा नेपालमा आगलागीका १ हजार ८ वटा घटना भएका छन्। ती घटनामा २० जनाको मृत्यु र १८५ जना घाइते भएका छन्। उक्त अवधिमा आगलागीका घटनाले ८१ करोड ८४ लाख ६८ हजार ६६० रूपैयाँबराबरको आर्थिक क्षति गरेको छ।

“मुख्य गरी तराईका झुरुप्प बसेका बस्तीहरू, फुसको छानाहरूले बनेका घरहरू सबैभन्दा बढी जोखिममा रहेको देखिन्छ,” पोखरेलले भने, “अर्को चाहिँ, मध्यपहाडी क्षेत्रमा भएका काठका घरहरू बढी जोखिममा हुने रहेछन्।”

कुन वर्ष कति क्षति

सिफारिस

पछिल्लो साढे ९ वर्षको तथ्याङ्क हेर्दा आगलागीले नेपालमा वर्षेनि एक अर्ब रूपैयाँभन्दा बढीको आर्थिक क्षति गर्दै आएको छ। आगलागीले हुने क्षति घट्नुको सट्टा प्रत्येक वर्ष बढ्दो छ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार २०६८ सालमा ९०५ वटा आगलागीका घटना भएका थिए। ती घटनामा ७१ जनाको मृत्यु र ११४ जना घाइते भएको थियो भने ८२ करोड ४३ लाख ६४ हजार ७४४ रूपैयाँको आर्थिक क्षति गरेको थियो।

२०६९ सालमा १,२५१ वटा आगलागीका घटना रेकर्ड गरिएको थियो। ती घटनामा ६३ जनाले ज्यान गुमाएका थिए भने १३६ जना घाइते भएका थिए। उक्त वर्ष आगालागीका घटनाले १ अर्ब ३६ करोड ५१ लाख ७६ हजार ९३९ रूपैयाँको आर्थिक क्षति पु¥याएको थियो।

२०७० सालमा रेकर्ड भएका आगलागीका ८७० घटनामा ५९ जनाको मृत्यु र १२४ घाइते भएका थिए। ती घटनाले १ अर्ब ६६ करोड २८ लाख १६ हजार ९०० रूपैयाँको आर्थिक क्षति गरेको थियो।

२०७१ सालमा रेकर्ड गरिएका आगलागीका ८३९ घटनामा ६९ जनाको मृत्यु भएको थियो भने ६५ घाइते भएका थिए। उक्त वर्ष आगलागीका घटनाले १ अर्ब ६८ करोड १७ लाख ४६ हजार २३० रूपैयाँको आर्थिक क्षति गरेको थियो।

सिफारिस

२०७२ सालमा आगलागीका ७५९ घटना भएका थिए। ती घटनामा परी ७३ जनाको मृत्यु र १०८ घाइते भएका थिए भने ९५ करोड २२ लाख १२ हजार रूपैयाँको आर्थिक क्षति भएको थियो।

२०७३ सालमा आगलागीका १हजार ६८६ घटना रेकर्ड भएका थिए। ती घटनामा ५३ जनाले ज्यान गुमाएका थिए भने २५६ जना घाइते भएका थिए। उक्त वर्ष आगलागीका कारण २ अर्ब ५ करोड ६५ हजार ६०५ रूपैयाँको क्षति भएको थियो।

२०७४ सालमा आगलागीका १ हजार ७५९ वटा घटना भएका थिए। ती घटनामा ८५ जनाको मृत्यु र १७१ घाइते भएका थिए भने २ अर्ब ६० करोड ६२ लाख ७३ हजार ८६० रूपैयाँको आर्थिक क्षति भएको थियो।

२०७५ सालमा रेकर्ड भएका आगलागीका २ हजार ७७८ घटनामा ८९ जनाले ज्यान गुमाएका थिए भने ३४३ जना घाइते भएका थिए। उक्त वर्ष आगलागीले ४ अर्ब ५ करोड ६७ लाख ५५ हजार ८३४ रूपैयाँको आर्थिक क्षति गरेको थियो।

२०७६ सालमा आगलागीका २ हजार ४९३ घटना रेकर्ड गरिएको थियो। ती घटनामा परी ४९ जनाको मृत्यु र २९६ जना घाइते भएका थिए। आगलागीले सो वर्ष २ अर्ब ७९ करोड २६ लाख ५१ हजार ९२० रूपैयाँको आर्थिक क्षति गरेको थियो।

सबैभन्दा जोखिम काठमाडौँमा

पछिल्लो साढे ९ वर्षको तथ्याङ्कले आगलागीका दृष्टिले सबैभन्दा जोखिम राजधानी काठमाडौँलाई देखाएको छ। यो अवधिमा सबैभन्दा बढी आगलागीका घटना काठमाडौँमा भएका छन्।

२०६८ देखि २०७७ मंसिर ७ गतेसम्म सबैभन्दा बढी आगलागीका घटना क्रमशः काठमाडौँ, मोरङ, सप्तरी, सुनसरी, बारा, पर्सा, झापा, कपिलवस्तु र सर्लाहीमा भएका छन्।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो साढे ९ वर्षमा काठमाडौँमा १ हजार १७१, मोरङमा ८१८, सप्तरीमा ७०३, सुनसरीमा ६०६, बारामा ४५५, पर्सामा ४५१, झापामा ४८८, कपिलवस्तुमा ४३३ र सर्लाहीमा ४१८ वटा आगलागीका घटना भएका छन्।

पछिल्लो साढे ९ वर्षमा आगलागी घटनाले सबैभन्दा ठूलो क्षति बारा र काठमाडौँमा गरेको छ। उक्त अवधिमा आगलागीले बारामा १ अर्ब ७९ करोड ३० लाख १३ हजार ८०० रूपैयाँ र काठमाडौँमा १ अर्ब ६४ करोड ५५ लाख २८ हजार ८९५ रूपैयाँबराबरको आर्थिक क्षति गरेको छ।

यो अवधिमा आगलागीले तेस्रो र चौथो ठूलो क्षति क्रमशः रूपन्देही र सुनसरीमा गरेको छ। रूपन्देहीमा १ अर्ब ७ करोड ४४ लाख २ हजार ५०० सय रूपैयाँ र सुनसरीमा १ अर्ब ५ करोड ८० लाख ६ हजार ४०० रूपैयाँको आर्थिक क्षति भएको छ।

पछिल्लो करिब एक दशकमा सबैभन्दा कम आगलागीका घटना दार्चुला, बैतडी, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट र दैलेखमा भएका छन्। उक्त अवधिमा दार्चुलामा १५, बैतडीमा १९, रसुवामा ३०, मनाङमा ९, मुस्ताङमा १९, डोल्पामा १६, जुम्लामा २६, मुगुमा २४, हुम्लामा ३१, जाजरकोटमा २७ र दैलेखमा २६ वटा घटना भएका छन्। तथ्याङ्कले हिमाली जिल्लाहरूमा सबैभन्दा कम आगलागीका घटना हुने देखाएको छ।

केन्द्रको तथ्याङ्कले नेपालमा सबैभन्दा बढी आगलागीका घटना काठमाडौँ र कम मनाङलाई हुने देखाएको छ।

आगलागीको मुख्य कारण

सिफारिस

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार नेपालमा मुख्य गरी तराईमा झुरुप्प बसेका बस्तीहरू, फुसको छाना भएका घरहरू र मध्यपहाडी क्षेत्रमा रहेका काठका घरहरू सबैभन्दा जोखिममा रहेका छन्।

“गाउँघरतिर छरिएका घर हुनाले एउटामा आगो लागे पनि अर्को घरमा जोखिम कम हुने रहेछ।,” पोखरेलले भने, “पहाडी सहर वा बजारहरूमा आगलागीको जोखिम बढी छ। यसको उदाहरण फुङलिङ हो। त्यहाँ ५–७ पटक ठूलो आगलागी भइसक्यो।”

घरको बनोट र मानिसको व्यवहार उल्टो भइदिँदा पनि आगालागीका घटना बढ्न गएको बुझाइ उनको छ। उनले थपे, “काठको घर भएपछि आगलागी हुने सरसामानहरू राख्नु हुँदैन। तर हाम्रा काठका घरहरूमा रेष्टुरेन्ट चलाइएको छ।”

रक्सी पार्ने क्रममा पनि धेरै ठाउँमा आगलागी हुने गरेको पोखरेल बताउँछन्। घरमा मट्टीतेल तथा डिजेलजस्ता अति प्रज्वलनशील पदार्थलाई ड्रम र ग्यालिनमा राख्नाले पनि आगलागीको जोखिम बढाएको विश्वास उनको छ।

त्यति मात्र होइन, घरमा ३–४ वटा ग्याँसका सिलिण्डर राख्दा पनि जोखिम बढेको ठहर उनको छ। मानवीय हेलचेक्र्याइँले नै धरेजसो आगलागीका घटना हुने गरेको उनले बताए।

तराइका जिल्लामा जाडोयाममा आगो ताप्ने चलने बढी छ, यसले पनि आगलागीका घटना बढाउन मद्दत गरेको बुझाइ पोखरेलको छ।

“सुख्खा मौसम आगोलागी बढी हुन्छ, जुन अब सुरु भएको छ। वैशाखसम्म यो चल्छ। चैत र वैशाखमा सबैभन्दा बढी आगलागीका घटना हुन्छन्, यसको कारण के भने पश्चिमबाट तातो हावा हुरी आउँछ, एक ठाउँमा आगोलाग्यो भने धेरै परसम्म झिल्का पु¥याउँछ र गाउँलाई नै खरानी पार्न सक्छ,” पोखरेलले भने।

पोखरेलका अनुसार सहरमा हुने आगोलागीको मुख्य कारण – ग्यास सिलिण्डर र विद्युत सर्ट हुन्। उनले थप स्पष्ट पारे, “सुरुमा घर बनाउँदा दुई तले वा साढे दुई तले भनेर बनाइन्छ। पछि भाडा आउँछ भनेर अर्को दुई तला थपिन्छ। पहिलो दुई तलाको लागि भनेर गरिएको बिजुलीको वायरिङले चार तलालाई थेग्न सक्दैन किनकि तला थपिनेबित्तिकै घरमा टिभी, फ्रिज, वासिङ मेसिनलगायतका विद्युतीय उपकरणको सङ्ख्या बढ्छ। यो सबै लोड धान्न सक्ने गरी सुरुमा डिजाइन गरिएको हुँदैन। लाइनले धान्दैन र विद्युत सर्ट भई आगलागी हुन्छ।”

आगलागीको कारण अर्को कारण पूजाकोठालाई राम्रो व्यवस्थापन गर्न नसक्नु पनि हो। भगवान्को पूजा गर्दा दीयो बालिन्छ, दीयोनजिकै पर्दा हुन्छ। पर्दाले आगो टिप्छ त्यसपछि घरभरी सल्किन बेरै लाग्दैन। आजकलका पर्दा पनि आगोले छिटो टिप्ने खालका हुने गरेका छन्।

आगलागीका घटना कम गरी क्षति कम गर्न सबैभन्दा पहिला मानिसहरूलाई सचेत गराउनुपर्ने तर्क उनको छ। यसको लागि प्राधिकरणले केही प्रयास गरेको छ।

“हामीले हरेक नगरपालिकाहरूलाई दमकल राख्न र पोखरीहरू बनाउन भनेका छौँ। पोखरीमा पानी भयो भने आगो लागी हाले पनि निभाउन सजिलो हुन्छ,” पोखरेलले भने।

सहरी क्षेत्रमा सिलिण्डरबाट हुने आगलागीबाट बच्नको लागि टोल–टोलमा सशस्त्र प्रहरी र जुद्ध वारुण यन्त्रका टिम, नगरपालिकाको टिम राख्न सुझाएको उनले बताए।

" /> काठमाडौँ। सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्ने गर्छन्। नेपालमा खासै बहसको विषय नबन्ने तर भूकम्पपछि सबैभन्दा ठूलो आर्थिक क्षति गर्ने विपद्का घटनामा पर्छ, आगलागी।

"> साढे ९ वर्षमा आगलागीबाट करिब १९ अर्बको क्षति, सबैभन्दा बढी जोखिममा राजधानी काठमाडौँ : Dekhapadhi
साढे ९ वर्षमा आगलागीबाट करिब १९ अर्बको क्षति, सबैभन्दा बढी जोखिममा राजधानी काठमाडौँ
काठमाडौँ। सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्ने गर्छन्। नेपालमा खासै बहसको विषय नबन्ने तर भूकम्पपछि सबैभन्दा ठूलो आर्थिक क्षति गर्ने विपद्का घटनामा पर्छ, आगलागी।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको पछिल्लो साढे ९ वर्षको तथ्याङ्कअनुसार आगलागीका घटनाले उक्त अवधिमा नेपालमा १८ अर्ब ८३ करोड ६५ लाख १५ हजार ३९२ रूपैयाँबराबरको आर्थिक क्षति गरेको छ।

“नेपालमा आगलागीका घटनाले वर्षेनि ठूलो क्षति गर्ने गरेको छ। प्रायः आगलागीका घटना असावधानीका कारण बढी हुने गरेको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले देखापढीसँग भने।

२०६८ वैशाख १ गतेदेखि २०७७ मंसिर ७ गतेसम्म नेपालमा आगलागीका १४ हजार ३४७ घटना रेकर्ड भएका छन्। ती घटनामा ६३२ जनाको मृत्यु भएको छ भने १ हजार ८९७ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार यस वर्ष २०७७ वैशाख १ देखि मंसिर ८ गतेसम्म अर्थात् ७ महिना ८ दिनको अवधिमा नेपालमा आगलागीका १ हजार ८ वटा घटना भएका छन्। ती घटनामा २० जनाको मृत्यु र १८५ जना घाइते भएका छन्। उक्त अवधिमा आगलागीका घटनाले ८१ करोड ८४ लाख ६८ हजार ६६० रूपैयाँबराबरको आर्थिक क्षति गरेको छ।

“मुख्य गरी तराईका झुरुप्प बसेका बस्तीहरू, फुसको छानाहरूले बनेका घरहरू सबैभन्दा बढी जोखिममा रहेको देखिन्छ,” पोखरेलले भने, “अर्को चाहिँ, मध्यपहाडी क्षेत्रमा भएका काठका घरहरू बढी जोखिममा हुने रहेछन्।”

कुन वर्ष कति क्षति

सिफारिस

तिहारमा ह्वात्तै बढे आगलागीका घटना: चार दिनमा १०९ स्थानमा आगलागी, साढे ५ करोडभन्दा बढीको क्षति

पछिल्लो साढे ९ वर्षको तथ्याङ्क हेर्दा आगलागीले नेपालमा वर्षेनि एक अर्ब रूपैयाँभन्दा बढीको आर्थिक क्षति गर्दै आएको छ। आगलागीले हुने क्षति घट्नुको सट्टा प्रत्येक वर्ष बढ्दो छ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार २०६८ सालमा ९०५ वटा आगलागीका घटना भएका थिए। ती घटनामा ७१ जनाको मृत्यु र ११४ जना घाइते भएको थियो भने ८२ करोड ४३ लाख ६४ हजार ७४४ रूपैयाँको आर्थिक क्षति गरेको थियो।

२०६९ सालमा १,२५१ वटा आगलागीका घटना रेकर्ड गरिएको थियो। ती घटनामा ६३ जनाले ज्यान गुमाएका थिए भने १३६ जना घाइते भएका थिए। उक्त वर्ष आगालागीका घटनाले १ अर्ब ३६ करोड ५१ लाख ७६ हजार ९३९ रूपैयाँको आर्थिक क्षति पु¥याएको थियो।

२०७० सालमा रेकर्ड भएका आगलागीका ८७० घटनामा ५९ जनाको मृत्यु र १२४ घाइते भएका थिए। ती घटनाले १ अर्ब ६६ करोड २८ लाख १६ हजार ९०० रूपैयाँको आर्थिक क्षति गरेको थियो।

२०७१ सालमा रेकर्ड गरिएका आगलागीका ८३९ घटनामा ६९ जनाको मृत्यु भएको थियो भने ६५ घाइते भएका थिए। उक्त वर्ष आगलागीका घटनाले १ अर्ब ६८ करोड १७ लाख ४६ हजार २३० रूपैयाँको आर्थिक क्षति गरेको थियो।

सिफारिस

आगलागीबाट सात महिनामा ७३ करोडभन्दा बढी क्षति, १६ जनाको गयो ज्यान

२०७२ सालमा आगलागीका ७५९ घटना भएका थिए। ती घटनामा परी ७३ जनाको मृत्यु र १०८ घाइते भएका थिए भने ९५ करोड २२ लाख १२ हजार रूपैयाँको आर्थिक क्षति भएको थियो।

२०७३ सालमा आगलागीका १हजार ६८६ घटना रेकर्ड भएका थिए। ती घटनामा ५३ जनाले ज्यान गुमाएका थिए भने २५६ जना घाइते भएका थिए। उक्त वर्ष आगलागीका कारण २ अर्ब ५ करोड ६५ हजार ६०५ रूपैयाँको क्षति भएको थियो।

२०७४ सालमा आगलागीका १ हजार ७५९ वटा घटना भएका थिए। ती घटनामा ८५ जनाको मृत्यु र १७१ घाइते भएका थिए भने २ अर्ब ६० करोड ६२ लाख ७३ हजार ८६० रूपैयाँको आर्थिक क्षति भएको थियो।

२०७५ सालमा रेकर्ड भएका आगलागीका २ हजार ७७८ घटनामा ८९ जनाले ज्यान गुमाएका थिए भने ३४३ जना घाइते भएका थिए। उक्त वर्ष आगलागीले ४ अर्ब ५ करोड ६७ लाख ५५ हजार ८३४ रूपैयाँको आर्थिक क्षति गरेको थियो।

२०७६ सालमा आगलागीका २ हजार ४९३ घटना रेकर्ड गरिएको थियो। ती घटनामा परी ४९ जनाको मृत्यु र २९६ जना घाइते भएका थिए। आगलागीले सो वर्ष २ अर्ब ७९ करोड २६ लाख ५१ हजार ९२० रूपैयाँको आर्थिक क्षति गरेको थियो।

सबैभन्दा जोखिम काठमाडौँमा

पछिल्लो साढे ९ वर्षको तथ्याङ्कले आगलागीका दृष्टिले सबैभन्दा जोखिम राजधानी काठमाडौँलाई देखाएको छ। यो अवधिमा सबैभन्दा बढी आगलागीका घटना काठमाडौँमा भएका छन्।

२०६८ देखि २०७७ मंसिर ७ गतेसम्म सबैभन्दा बढी आगलागीका घटना क्रमशः काठमाडौँ, मोरङ, सप्तरी, सुनसरी, बारा, पर्सा, झापा, कपिलवस्तु र सर्लाहीमा भएका छन्।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो साढे ९ वर्षमा काठमाडौँमा १ हजार १७१, मोरङमा ८१८, सप्तरीमा ७०३, सुनसरीमा ६०६, बारामा ४५५, पर्सामा ४५१, झापामा ४८८, कपिलवस्तुमा ४३३ र सर्लाहीमा ४१८ वटा आगलागीका घटना भएका छन्।

पछिल्लो साढे ९ वर्षमा आगलागी घटनाले सबैभन्दा ठूलो क्षति बारा र काठमाडौँमा गरेको छ। उक्त अवधिमा आगलागीले बारामा १ अर्ब ७९ करोड ३० लाख १३ हजार ८०० रूपैयाँ र काठमाडौँमा १ अर्ब ६४ करोड ५५ लाख २८ हजार ८९५ रूपैयाँबराबरको आर्थिक क्षति गरेको छ।

यो अवधिमा आगलागीले तेस्रो र चौथो ठूलो क्षति क्रमशः रूपन्देही र सुनसरीमा गरेको छ। रूपन्देहीमा १ अर्ब ७ करोड ४४ लाख २ हजार ५०० सय रूपैयाँ र सुनसरीमा १ अर्ब ५ करोड ८० लाख ६ हजार ४०० रूपैयाँको आर्थिक क्षति भएको छ।

पछिल्लो करिब एक दशकमा सबैभन्दा कम आगलागीका घटना दार्चुला, बैतडी, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट र दैलेखमा भएका छन्। उक्त अवधिमा दार्चुलामा १५, बैतडीमा १९, रसुवामा ३०, मनाङमा ९, मुस्ताङमा १९, डोल्पामा १६, जुम्लामा २६, मुगुमा २४, हुम्लामा ३१, जाजरकोटमा २७ र दैलेखमा २६ वटा घटना भएका छन्। तथ्याङ्कले हिमाली जिल्लाहरूमा सबैभन्दा कम आगलागीका घटना हुने देखाएको छ।

केन्द्रको तथ्याङ्कले नेपालमा सबैभन्दा बढी आगलागीका घटना काठमाडौँ र कम मनाङलाई हुने देखाएको छ।

आगलागीको मुख्य कारण

सिफारिस

विपद्का घटनामा ४६३ जनाले ज्यान गुमाए, करिब ८० करोड क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार नेपालमा मुख्य गरी तराईमा झुरुप्प बसेका बस्तीहरू, फुसको छाना भएका घरहरू र मध्यपहाडी क्षेत्रमा रहेका काठका घरहरू सबैभन्दा जोखिममा रहेका छन्।

“गाउँघरतिर छरिएका घर हुनाले एउटामा आगो लागे पनि अर्को घरमा जोखिम कम हुने रहेछ।,” पोखरेलले भने, “पहाडी सहर वा बजारहरूमा आगलागीको जोखिम बढी छ। यसको उदाहरण फुङलिङ हो। त्यहाँ ५–७ पटक ठूलो आगलागी भइसक्यो।”

घरको बनोट र मानिसको व्यवहार उल्टो भइदिँदा पनि आगालागीका घटना बढ्न गएको बुझाइ उनको छ। उनले थपे, “काठको घर भएपछि आगलागी हुने सरसामानहरू राख्नु हुँदैन। तर हाम्रा काठका घरहरूमा रेष्टुरेन्ट चलाइएको छ।”

रक्सी पार्ने क्रममा पनि धेरै ठाउँमा आगलागी हुने गरेको पोखरेल बताउँछन्। घरमा मट्टीतेल तथा डिजेलजस्ता अति प्रज्वलनशील पदार्थलाई ड्रम र ग्यालिनमा राख्नाले पनि आगलागीको जोखिम बढाएको विश्वास उनको छ।

त्यति मात्र होइन, घरमा ३–४ वटा ग्याँसका सिलिण्डर राख्दा पनि जोखिम बढेको ठहर उनको छ। मानवीय हेलचेक्र्याइँले नै धरेजसो आगलागीका घटना हुने गरेको उनले बताए।

तराइका जिल्लामा जाडोयाममा आगो ताप्ने चलने बढी छ, यसले पनि आगलागीका घटना बढाउन मद्दत गरेको बुझाइ पोखरेलको छ।

“सुख्खा मौसम आगोलागी बढी हुन्छ, जुन अब सुरु भएको छ। वैशाखसम्म यो चल्छ। चैत र वैशाखमा सबैभन्दा बढी आगलागीका घटना हुन्छन्, यसको कारण के भने पश्चिमबाट तातो हावा हुरी आउँछ, एक ठाउँमा आगोलाग्यो भने धेरै परसम्म झिल्का पु¥याउँछ र गाउँलाई नै खरानी पार्न सक्छ,” पोखरेलले भने।

पोखरेलका अनुसार सहरमा हुने आगोलागीको मुख्य कारण – ग्यास सिलिण्डर र विद्युत सर्ट हुन्। उनले थप स्पष्ट पारे, “सुरुमा घर बनाउँदा दुई तले वा साढे दुई तले भनेर बनाइन्छ। पछि भाडा आउँछ भनेर अर्को दुई तला थपिन्छ। पहिलो दुई तलाको लागि भनेर गरिएको बिजुलीको वायरिङले चार तलालाई थेग्न सक्दैन किनकि तला थपिनेबित्तिकै घरमा टिभी, फ्रिज, वासिङ मेसिनलगायतका विद्युतीय उपकरणको सङ्ख्या बढ्छ। यो सबै लोड धान्न सक्ने गरी सुरुमा डिजाइन गरिएको हुँदैन। लाइनले धान्दैन र विद्युत सर्ट भई आगलागी हुन्छ।”

आगलागीको कारण अर्को कारण पूजाकोठालाई राम्रो व्यवस्थापन गर्न नसक्नु पनि हो। भगवान्को पूजा गर्दा दीयो बालिन्छ, दीयोनजिकै पर्दा हुन्छ। पर्दाले आगो टिप्छ त्यसपछि घरभरी सल्किन बेरै लाग्दैन। आजकलका पर्दा पनि आगोले छिटो टिप्ने खालका हुने गरेका छन्।

आगलागीका घटना कम गरी क्षति कम गर्न सबैभन्दा पहिला मानिसहरूलाई सचेत गराउनुपर्ने तर्क उनको छ। यसको लागि प्राधिकरणले केही प्रयास गरेको छ।

“हामीले हरेक नगरपालिकाहरूलाई दमकल राख्न र पोखरीहरू बनाउन भनेका छौँ। पोखरीमा पानी भयो भने आगो लागी हाले पनि निभाउन सजिलो हुन्छ,” पोखरेलले भने।

सहरी क्षेत्रमा सिलिण्डरबाट हुने आगलागीबाट बच्नको लागि टोल–टोलमा सशस्त्र प्रहरी र जुद्ध वारुण यन्त्रका टिम, नगरपालिकाको टिम राख्न सुझाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्