काठमाडौँ। महोत्तरीमा बालिकाको हत्या भएको विरोधमा चर्किएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुईजनालाई काठमाडौँ ल्याइँदै छ।
कैलाश एयरको हेलिकोप्टरबाट ४३ वर्षीय ‘सञ्जय’ भनिने बुद्धिराज न्यौपाने र २६ वर्षीय श्याम कार्कीलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको हो।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले केही बेर अगाडि काठमाडौँ पठाइ सकेको बताएका छन्। उनका अनुसार श्यामको घाँटीमा गोली लागेको छ। अर्का घाइते बुद्धिराजको भने दुवै तिघ्रामा गोली लागेको छ।
प्रहरीको गोली लागेर प्रदर्शनकारीमध्येका अन्दाजी २५ वर्षीय अख्तर आलम पनि घाइते भएका छन्। उनको अवस्था सामान्य भएकोले स्थानीय अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कटुवालको भनाइ छ।
प्रहरीतर्फ भने डीएसपी प्रकाश विष्टसहित १६ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार हुँदै छ।
६ वर्षीया बालिका गुलाफ शाह खातुनको हत्याको विरोधमा मंगलबार बर्दिबासमा प्रदर्शन भएको हो। हत्या आरोपमा गौशला नगरपालिकाका २६ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनले बालिकाको हत्या गरेको स्वीकारेका छन्। आफ्नो दोकानमा आएकी बालिकालाई कोठामा लगेर तौलियाले घाँटीमा थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
हत्याको कारण चाहिँ अझै खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
" />काठमाडौँ। महोत्तरीमा बालिकाको हत्या भएको विरोधमा चर्किएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुईजनालाई काठमाडौँ ल्याइँदै छ।

">